पाल्पाको माथागढीमा आगो ताप्ने क्रममा जलेर महिलाको ज्यान गयो
बिहीबार, फागुन २६, २०७८
माथागढीमा सार्वजनिक सुनुवाई : खानी प्रभावितका नागरिक भन्छन् ‘हामीले सुरक्षा पाएनौं’
बिहीबार, फागुन २६, २०७८
जिल्लाको माथागढी गाउँपालिकामा सञ्चालित खानी उद्योगहरुबाट असुरक्षित भएको स्थानीयहरुले बताएका छन् । बुधबार गाउँपालिकाले आयोजना गरेको सार्वजनिक कार्यक्रममा खानी प्रभावित नागरिकहरुले कोइलाखानी तथा चुनढुङ्गाखानीहरुका कारण आफुहरु असुरक्षित रहेको बताएका हुन् । उनीहरुले चुनढुङ्गा खानीहरुले जथाभावी रुपमा ढुङ्गा, माटो फाल्दा स्कूल जाने बालबालिका र घाँस काट्न जानेहरु असुरक्षित हुने गरेको बताएका...
पाल्पामा अवैध लागूऔषधसहित चार जना युवा पक्राउ
बुधबार, फागुन २५, २०७८
अवैध लागूऔषधसहित प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट लागूऔषध ओसारपसारमा संलग्नहरूलाई प्रक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय अनुसार तानसेन नगरपालिका–७ बाँसटारीस्थित सिद्धार्थ राजमार्गबाट दुई जना र रिब्दीकोट गाउँपालिका वडा २ दमक र ३ डुम्रीका स्थित हार्थोक–सर्देवा कच्ची सडक खण्डबाट दुई जनालाई अवैध लागूऔषधसहित पक्राउ...
रिब्दीकोट गाउँपलिकामा चार दलले गरे भ्रष्टाचार र अनियमितताको विरोध
मंगलबार, फागुन २४, २०७८
जिल्लाको रिब्दीकोट गाउँपालिकामा व्यापक भ्रष्टाचार र अनियमितता भएको भन्दै चार दलले विरोध जनाएका छन् । गाउँपालिकामा संक्रिय चार दल नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा एकिकृत समाजवादीले संयुक्त विज्ञप्ती जारी गर्दै गाउँपालिकाबाट भएका भ्रष्टाचार र अनियमितता विरुद्ध विरोध जनाएका हुन् ।
पाल्पामा रोकिएन अवैध गिट्टी–बालुवा चोरी निकासी, चोरी गर्ने ट्याक्टर धमाधम प्रहरी फन्दामा
सोमबार, फागुन २३, २०७८
अवैधरुपमा जिल्लाका विभिन्न नदी र खोलाबाट नदीजन्य वस्तुको व्यापक उत्खनन् र चोरी निकासी हुने गरेको छ । कालीगण्डकी नदी र रामपुर आसपास खोलाहरुबाट रामपुर क्षेत्रमा सबैभन्दा बढी मात्रामा गिट्टी–बालुवा चोरी निकासी हुँदै आएको पाइन्छ । राम्दी क्षेत्रबाट समेत दैनिकजसो बालुवा निकालेर जिल्लामै र स्याङ्जातर्फ निकासी हुँदै आएको स्थानीय बताउँछन् ।
रामपुरबाट अवैध बालुवा निकासी गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
आइतबार, फागुन २२, २०७८
जिल्लाको रामपुरमा अवैध बालुवा निकासी गर्ने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रामपुर–३,निस्दी खोलास्थित रजघर–खयरबोट जोड्ने पुल नजिकै लु ४ त २७९६ नम्वरको ट्याक्टरलाई गिट्टी, बालुवा निकालिरहेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
माथागढीमा वडा कार्यालय भवन उद्घाटन
आइतबार, फागुन २२, २०७८
जिल्लाको माथागढी गाउँपालिका–७ रहबासमा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । सुविधा सम्पन्न भवनको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले उद्घाटन गरेका हुन् ।
गाउँघरबाटै हराउन थाले ढिकी र जाँतो
शुक्रबार, फागुन २०, २०७८
पाल्पाको तिनाउ गाउँपालिका कोल्डडाँडाकी २९ वर्षीया शान्ति सारुले दशक अघि आमा भाउजुले ढिकी र जाँतोमा अन्न कुटानी पिसानी गरेको देखिन । बिहानै भालेको डाकोसँगै अन्न कुटानी पिसानीका लागि आमा–भाउजु ढिकी र जाँतोमा नारिएको देख्दा आफु पनि अघि पछि गरेको उनी सम्झन्छिन् । जाँतो र ढिकीमा अन्न पिस्नु र कुट्नु उनको...
रुस र युक्रेन युद्वको असर नेपाली भान्सासम्म
बिहीबार, फागुन १९, २०७८
तानसेन भगवती टोलमा बस्दै आएकी निर्मला पुनले ५ महिनालाई पुग्ने खाने तेल एकैचोटी किनेकी छन् । उनले तेलको भाउ बढेर आउने हल्लाले अहिले नै पाँच महिनालाई पुग्ने जति तेलको जोहो गरेकी हुन् । भगवती टोलकै अर्की राधादेवी रायमाझीले पनि ग्यासको मूल्य बढेर आउने हल्लाले एकै पटक दुई वटा सिलिण्डर भरेकी...
गुल्मीमा माछा मार्ने क्रममा करेन्टर लागेर एक युवतीको ज्यान गयो
बुधबार, फागुन १८, २०७८
गुल्मीमा माछा मार्ने क्रममा करेन्टर लागेर एक युवतीको ज्यान गएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ सालघारीकी २६ वर्षीया सरिता थापाको माछा मार्ने क्रममा करेन्टर लागेर ज्यान गएको हो ।
अचेत अवस्थामा भेटिएका तानसेनका एक युवकको मृत्यु
सोमबार, फागुन १६, २०७८
अचेत अवस्थामा भेटिएका तानसेनका एक युवकको मृत्यु भएको छ । आइतबार राती अचेत अवस्थामा भेटिएका तानसेन नगरपालिका १ गैरगाउँका २८ वर्षीय सुदिप अधिकारीको उपचारका क्रममा मृत्यु भएको हो ।
पर्यटकको आकर्षण केन्द्र बन्दै पाल्पा दरबार संग्रहालय
सोमबार, फागुन १६, २०७८
गुल्मी रुरु क्षेत्र गाउँपालिका थोर्गाकी राधिका भण्डारी केही वर्षदेखि काठमाडौँमा बसोबास गर्दै आएकी छन् । काठमाडौँमा बस्न थालेपछि उनी ग्रामीण क्षेत्रमा उत्पादित वस्तु तथा पुराना संरचना बिर्सिसकेकी थिइन । संग्रहालयमा ऐतिहासिक सम्पदाहरु देख्दा मनै लोभ्याएको छ । पाल्पा दरबार संग्रहालयमा अवलोकनका लागि प्रवेश गरेपछि बालापनको सम्झना आयो ।
तानसेनका ३६ वर्षीय युवा आफ्नै घरमा मृत भेटिए
मंगलबार, फागुन १०, २०७८
तानसेनमा एक युवा आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् । तानसेन नगरपालिका ९ खर्केडाँडाका ३६ वर्षीय महेश बौडेल सोमबार साँझ आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् ।


