माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको मृत्यु
पाल्पा, जिल्लाको तिनाउ गाउँपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर दुई दाजुभाइको मृत्यु भएको छ । तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । बिहीबार साँझ करिब ७ बजेको समयमा तिनाउ वडा २ स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय तिनाउ–१ बेलदमार बस्ने पदमबहादुर चिदीको घरबाट तार जोडेर माछा मार्ने क्रममा दाजुभाइलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए । घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्