Shittalpati
रिब्दीकोट गाउँपलिकामा चार दलले गरे भ्रष्टाचार र अनियमितताको विरोध

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिकामा व्यापक भ्रष्टाचार र अनियमितता भएको भन्दै चार दलले विरोध जनाएका छन् । गाउँपालिकामा संक्रिय चार दल नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा एकिकृत समाजवादीले संयुक्त विज्ञप्ती जारी गर्दै गाउँपालिकाबाट भएका भ्रष्टाचार र अनियमितता विरुद्ध विरोध जनाएका हुन् ।

विज्ञप्तिमा गाउँबासीको जीवनस्तर सुधार्नुको साटो झन् कस्टकर बनाउँदै गएको जनाइएको छ । जारी १५ बुँदे विज्ञप्तिमा प्राथमिक स्वास्थ्य केन्द्रमा भएको एक्से मेसिन सञ्चालन नगरी थन्काइएको, कोभिड अस्पताल व्यक्तिको घरमा लगानी गरी निमार्ण गरिएको, औषधी खरीदमा व्यापक भ्रष्टाचार भएको, हार्थोक बतासे सडक जीर्ण हुँदा समेत मर्मतमा चासो नदिएको, भैरवनाथ मन्दिरको अनियमिततामा कुनै चासो नदिएको, खानेपानी योजनामा ढिलासुस्ती तथा बजेट कटैती गरेको जस्ता अरोप लगाइएको छ ।

त्यस्तै कार्यालय समय भित्रै कार्यालय कार्यकक्ष भित्रै अधिबेशन गराउने र फरक विचार राख्ने कर्मचारीलाई आस्थाकै आधारमा जागिर धरापमा पर्ने स्थानीय सरकारले धम्की दिएको, पलिकामा बेरुजु बढेको, कृषि प्रयोजनका नाममा अनियमितता भएको, अनुदान दिँदा पार्टी प्रवेश गर्नुपर्ने भोट दिनुपर्ने भनी दबाब दिएको, विपद व्यवस्थानको रकम मनोमानी पार्टी कार्यकर्तालाई दिएको, पाइप खरिद मनोमानी तथा कार्यकर्तालाई बाढेको, शीत भण्डार ५० लाख रकम गुणस्तरहिन शीत भण्डार निमार्ण गरेको, हरेक वर्ष गरिने खर्च सार्वजनिककीकरणमा स्थानीय सरकार सम्वद्ध कार्यकर्ता मात्र उपस्थिती गराई औपचारिकता मात्र दिइएको र चुनावी घोषणा पत्र अनुसार कुनै काम नगरेको जस्ता आरोप चार दलले लगाएका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update