छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
मंगलबार, असार ३१, २०८२
आज विश्व युवा दक्षता दिवस मनाइँदै
मंगलबार, असार ३१, २०८२
जुलाई १५ तारिख अर्थात् आज विश्व युवा दक्षता दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । युवाहरूको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाइने गरिन्छ ।
करेन्ट लागेर दुई जनाको मृत्यु
सोमबार, असार ३०, २०८२
छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही र झापामा करेन्ट लागेर दुई जनाको ज्यान गएको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
सोमबार, असार ३०, २०८२
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषा र बर्दियामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको हो ।
जियोकृषि एपमार्फत कृषक डिजिटल सेवा
सोमबार, असार ३०, २०८२
यहाँको रिब्दीकोट गाउँपालिका –२ का टिकाबहादुर राना व्यवसायिक कृषक हुन् । उनले चार वटा टनेलमा टमाटर फलाउँदै आएका छन् । बारीमा उत्पादन गरेको टमाटर रानाले सहकारीमार्फत विक्री गर्दै आएका छन् ।
अवैध लागूऔषध सहित १२ जना पक्राउ
सोमबार, असार ३०, २०८२
देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, सुर्खेत, सुनसरी, सिराहा, मकवानपुर, मोरङ, कैलालीका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
४८ वर्षीय पुरुष मृत फेला
सोमबार, असार ३०, २०८२
यहाँ एक पुरुष मृत फेला परेका छन् । जिल्लाको बगनासकाली गाउँपालिका–१ भलुवाचौर निवासी ४८ वर्षीय मानबहादुर गाहा मृत फेला परेका हुन् ।
श्रीनगर सामुदायिक वनमा रोपियो लालीगुराँस
आइतबार, असार २९, २०८२
श्रीनगर एकीकृत पर्यटकीय सामुदायिक वन क्षेत्रमा लालीगुँरासका बिरुवा रोपिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, स्थानीय तानसेन नगर महासङ्घको आयोजनामा सुशिल बस्याल “राष्ट्रप्रेमी” ङ्घारा सञ्चालित ‘एक घर, एक लालीगुँरास’ अभियान अन्तर्गत यहाँ लालीगुँरासका बिरुवा रोपिएको हो ।
रामपुर नगरको खर्च : वित्तिय प्रगति ८७ प्रतिशत
शनिबार, असार २८, २०८२
जिल्लाको रामपुर नगरपालिकाले ८७ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा चालु र पुँजीगत गरी ८७ प्रतिशत वित्तिय प्रगति हासिल गरेको हो ।
मौद्रिक नीति सार्वजनिक
शनिबार, असार २८, २०८२
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । ब्याजदर घटिरहेको सन्दर्भमा निक्षेपको वास्तविक ब्याजदर नकारात्मक हुन नदिनेतर्फ समेत नीतिमा ध्यान दिइएको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा अकालमै गयो ६ जनाको ज्यान
शुक्रबार, असार २७, २०८२
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको अकालमै ज्यान गएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर, सर्लाही, झापा र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको हो ।
पहिरोले अवरुद्ध पाल्पा–बुटवल सडक सञ्चालनमा, जोखिम कायमै
बुधबार, असार २५, २०८२
पहिरोका कारण अवरुद्ध पाल्पा–बुटवल सडक सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान हेडबक्स नजिकै बिहान २ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
गाउँबाट चार जिपिए ल्याएका यी दुई भण्डारी
बुधबार, असार २५, २०८२
गुल्मीमा चार जिपिए ल्याउने मध्येका हुन् सिर्जित भण्डारी र निशान भण्डारी । दुवै जनाले गाउँकै स्कूलबाट परीक्षा दिएका थिए । सत्यवती गाउँपालिकाका सिर्जितले सत्यवती मावि र चन्द्रकोटका निसानले उदय मावि शान्तिपुरबाट परीक्षा दिएका विद्यार्थी हुन् ।


