इलाका प्रशासन कार्यालय रिडीमा राख्न सरोकारवाला सहमत
बुधबार, भदौ १८, २०८२
रामपुरले ल्यायो हिंसा विरुद्धको न्यायका लागि ‘सिफारिस प्रणाली कार्यविधि २०८२’
सोमबार, भदौ १६, २०८२
महिला बालबालिका माथि हुने हिंसा विरुद्ध न्याय सम्बोधनका लागि रामपुर नगरपालिकाले ‘सिफारिस प्रणाली कार्यविधि–२०८२’ सार्वजनिक गरेको छ । घरेलु हिंसा प्रभावित महिला तथा बालबालिकालाई छिटो, छरितो र प्रभावकारी सेवा उपलब्ध गराउन महिला कानुन र विकास मञ्चको सहयोग र सारथी नेपाल पाल्पाको समन्वयमा तयार गरिएको कार्यविधि सार्वजनिक गरिएको हो ।
दसैँका लागि सुकिला नोट भदौ २९ देखि साट्न पाइने, नयाँ नोट भने नपाइने
आइतबार, भदौ १५, २०८२
दशैँ, तिहारलगायत चाडलाई लक्ष्यित गरेर नेपाल राष्ट्र बैंकले यही भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ । बैंकको मुद्रा व्यवस्थापन विभागले एक जना जारी गर्दै दशैंका लागि सुकिला नोट साट्ने व्यवस्था गरिएको जनाएको हो ।
काँग्रेसको विचार र सिद्धान्तले मुलुक जितेको छ : सह–महामन्त्री उपाध्यय
शनिबार, भदौ १४, २०८२
नेपाली काँग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ ले काँग्रेसको विचार र सिद्धान्तले मुलुक जितेको बताएकी छन् । शनिबार नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
पाल्पा उद्योग वाणिज्य संघको साधारण सभा स्थगित, दुवै पक्षको आरोप प्रत्यारोप जारी
शनिबार, भदौ १४, २०८२
जिल्लाका उद्योगी व्यवसायीहरुको छाता संगठन पाल्पा उद्योग वाणिज्य संघको भदौ १४ गतेको लागि तय गरिएको साधारण सभा आन्तरिक विवादका कारण अन्तिममा आएर स्थगित भएको छ । संघको ७१ औं साधारणसभा तथा १७ औं अधिवेशन यही बर्ष परेको छ । तर संघले प्राविधिक कारणले स्थगित गर्नु परेको बताए पनि आन्तरिक विवाद...
लिपुलेकबारे भारत र चीनको सहमतिप्रति सांसदहरुको आपत्ति
शुक्रबार, भदौ १३, २०८२
नेपालको भूमि लिपुलेकबाट पुनः व्यापार सञ्चालन गर्ने चीन–भारतको द्विपक्षीय सहमतिका विरुद्धमा सांसदहरुले आपत्ति जनाएका छन् । शुक्रबारको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैंठकमा बोेल्ने सांसदहरूले नेपाली भूमि लिपुलेक क्षेत्रबाट व्यापारिक नाका खोल्नेगरी छिमेकी मुलुक चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति जनाएका थिए ।
सुनको तोलाकै २ लाख नाघ्यो
शुक्रबार, भदौ १३, २०८२
सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्य तोलामा एक हजार दुई सयले वृद्धि भएको छ भने त्यति नै परिमाणको चाँदी पाँचले बढेको छ ।
पाल्पाका नयाँ प्रजिअको रुपमा महिला
बिहीबार, भदौ १२, २०८२
महिला प्रमुख जिल्ला अधिकारीका रुपमा पाल्पा आएकी विनु बज्राचार्य कुंवरले सबैपक्षसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।
आज हरितालिका तिज: शिवको पूजा–आराधना गरी मनाइँदै
मंगलबार, भदौ १०, २०८२
हिन्दु नारीहरुको महानपर्व हरितालिका तिज आज, भगवान शिवको आराधान गरेर मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ
कालीगण्डकी नदीमा बेवारिसे शव फेला
आइतबार, भदौ ८, २०८२
कालीगण्डकी नदीमा बेवारिसे शव फेला परेको छ । जिल्लाको तानसेन नगरपालिका –१४ कमलपोखरीस्थित कालिगण्डकी नदिको किनारमा सडी गलेको अवस्थामा पुरुष व्यक्तिको जस्तो देखिने शव फेला परेको हो ।
पाल्पाका ७ दलले गरे नेपाली भूमिमाथिको हस्तक्षेपको विरोध
शनिबार, भदौ ७, २०८२
जिल्लाका ७ राजनीतिक दलहरुले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरामाथि भारत र चीनको हस्तक्षेप भएको भन्दै विरोध गरेका छन् । भारत सरकारको १९ अगस्त २०२५ मा नेपाल–भारत सीमाको विषयमा सार्वजनिक विज्ञप्तिले नेपाली जनता र नेपालको सार्वभौमसत्तामाथि प्रत्यक्ष प्रहार भएको भन्दै यहाँका क्रियाशिल दलहरुले विरोध गरेका हुन् ।
आज कुसे औंसी : बाबुको मुख हेर्ने दिन
शनिबार, भदौ ७, २०८२
प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राÞमणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग...
रामपुरमा खुला मौलिक तिज गीत प्रतियोगिता
बिहीबार, भदौ ५, २०८२
हरितालिका तिजको पूर्व सन्ध्यामा रामपुरमा खुला मौलिक तिज गीत प्रतियोगिता भएको छ । रामपुर नगरपालिकाले उप–प्रमुख तिज विशेष कार्यक्रम अन्तर्गत प्रतियोगिता गरेको हो ।


