Shittalpati
पूर्व प्रहरी संगठन पाल्पाको अध्यक्षमा उप्रेती

पाल्पा, नेपाल पूर्व प्रहरी संगठन  पाल्पाको अध्यक्षमा जयप्रकाश उप्रेती चयन सर्वसम्वत चयन भएका छन् । संगठनको तानसेनमा भएको सत्रौं साधारण सभा तथा आठौं अधिवेशनले उप्रेतीलाई अध्यक्षमा चयन गरेको हो ।

जसको उपाध्यक्षहरुमा सिता कुमारी जि.सी., दिपक बहादुर कार्की, सचिवमा रिण बहादुर बैदवार, सह सचिवमा खुमबहादुर गोदार चयन भएका छन् । यस्तै सदस्यमा बिष्णु बहादुर कार्की, विष्णु प्रसाद नेपाल, यादव बस्याल,जमुना राना, भगवती बिष्ट, ईन्दीरादेवी के.सी, चन्द्र कला न्यौपाने, लेखनाथ गैरे, बसन्त थापा मगर, दिनेश बस्याल, धनबिर थापा र मोहन बहादुर काफ्ले रहेका छन् । अधिवेशनको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पूर्व प्रहरीहरुको हितमा अनुशासनपूर्वक काम गर्न नयाँ नेतृत्वलाई आग्रह गरे । कार्यक्रममा  संगठनका केन्द्रिय सदस्य मुक्तीराम शर्माले इमान्दारितापूर्वक काम गर्न संगठनमा आवद्ध सबैलाई आग्रह गरे । संगठनका अध्यक्ष रमेश बहादुर बोहराको अध्यक्षता, उपाध्यक्ष जयप्रकास उप्रेतिको स्वागत र सचिव रिन बहादुर वैदवारको सञ्चालनमा उद्घाटन कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update