Shittalpati
कालीगण्डकीमा डुवेर बेपत्ता भएका एकको शव फेला

पाल्पा, बगनासकाली गाउँपालिका ६ मन्द्राङ स्थित कालिगण्डकी नदिमा बेपत्ता भएका शिखरडाडाँका १४ वर्षीय शिशिर गाहाको शव फेला परेको छ । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका उनको शव शुक्रबार फेला परेको हो ।

उनको सोही स्थानमा शेव फेला  परेको जिल्ला प्रहरी कार्यलय पाल्पाका प्रहरी नायक उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । बिहीबार साझाँ नुहाउने क्रममा गहासँगै  सोही ठाउँका २४ वर्षीय पुजन गाहाको पनि बेपत्ता भएका छन् । उनको खोजी कार्य भइरहेको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update