रूपन्देही उपनिर्वाचनको निर्वाचन तालिका सार्वजनिक
आइतबार, साउन ४, २०८२
सेयर बजारमा एकै दिन २१ अर्बको कारोबार
आइतबार, साउन ४, २०८२
सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको पहिलो कारोबार दिन सेयर कारोबार रकम २१ अर्ब नाघेर नयाँ रेकर्ड कायम गरेको हो ।
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
आइतबार, साउन ४, २०८२
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही, दाङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
लायन्स क्लव अफ पाल्पा भैरवद्वारा वृक्षारोपण
शनिबार, साउन ३, २०८२
लायन्स क्लव अफ पाल्पा भैरवले तानसेनको बतासेडाँडामा फुलहरुको वृक्षरोपण गरेको छ ।
‘पुष्कर अथक रेग्मी विशेष अङ्क’ माथि परिचर्चा
शनिबार, साउन ३, २०८२
पाल्पाली साहित्यकार तथा लेखक पुष्कर अथक रेग्मीका बारेमा साहित्यिक मासिक जनमतमा प्रकाशित ‘पुष्कर अथक रेग्मी विशेष अङ्क’ माथि परिचर्चा गरिएको छ । पाल्पा साहित्य समाजको आयोजनामा तानसेनमा एक औपचारिक कार्यक्रम गरी उक्त अंकको चर्चा परिचर्चा गरिएको हो ।
काँग्रेसको समन्वयमा रुरुक्षेत्र गाउँपालिकामा लगाइएको ताला पाँच दिनपछि खुल्यो
शनिबार, साउन ३, २०८२
जिल्लाको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला पाँच दिनपछि खुलेको छ । ३० असारदेखि नेकपा एमाले रुरुक्षेत्र गाउँकमिटीले लगाएको ताला शुक्रबार नेपाली काँग्रेस रुरु क्षेत्र गाउँपालिकाको समन्वयमा खुलाइएको हो ।
तानसेनमा ‘कोरा साइक्लिङ च्यालेञ्ज’ : यात्रामा निस्किए उत्साहजनक रुपमा साइकलयात्री
शनिबार, साउन ३, २०८२
साइकल प्रेमीहरुको महोत्सवका रूपमा मनाइँदै आएको कोरा साइक्लिङ च्यालेञ्ज २०२५ पाल्पाको तानसेनमा आयोजना गरिएको छ । पाल्पा साइक्लिङ संघको आयोजनामा शनिबार तानसेनको टुँडिखेलबाट उक्त च्यालेञ्ज सुरु भएको हो ।
पाल्पा उद्योग वाणिज्य संघमा विवाद
शनिबार, साउन ३, २०८२
जिल्लाका उद्योगी व्यवसायीहरुको छाता संगठन पाल्पा उद्योग वाणिज्य संघमा विवाद सिर्जना भएको छ । संघको निर्वाचन नजिकिदै जाँदा सदस्यता थप्ने क्रममा हानथाप भएपछि संघ भित्र विवाद चर्किएको हो ।
वामदेव र माधवको पार्टीबिच एकता
शुक्रबार, साउन २, २०८२
नेकपा एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा भएको हो । दुई पार्टीका अध्यक्षहरू माधवकुमार नेपाल र वामदेव गौतमबीच गत शुक्रबार पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो । एकीकृत समाजवादीमा गौतमलाई वरिष्ठ नेताको जिम्मेवारी...
पाल्पामा भोली ‘कोरा साइक्लिङ च्यालेञ्ज’ हुँदै, तयारी पुरा
शुक्रबार, साउन २, २०८२
पाल्पामा भोली ‘कोरा साइक्लिङ च्यालेञ्ज’ हुने भएको छ । पाल्पा साइक्लिङ संघको आयोजनामा साइकल पर्यटनबारे जानकारी होस् भन्ने उद्देश्यका साथ जिल्लाका धार्मिक पर्यटकीय क्षेत्रलाई समेट्ने गरि ‘कोरा साइक्लिङ च्यालेञ्ज’ हुन लागेको हो ।
सवारी मर्मत केन्द्रका सञ्चालक र मेकानिकलाई ट्राफिक सचेतना
शुक्रबार, साउन २, २०८२
जिल्लामा सवारी मर्मत केन्द्रका सञ्चालक र मेकानिकलाई ट्राफिक सचेतना दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले यहाँ सञ्चालित सवारी मर्मत केन्द्रका सञ्चालक र मेकानिकहरुलाई ट्राफिक सचेतना तालिम दिएको हो ।
आज साउने संक्रान्ति, लुतो फाल्ने परम्परा
बिहीबार, साउन १, २०८२
सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ ।
सामान्य प्रशासन मन्त्रीमा न्यौपाने नियुक्त
मंगलबार, असार ३१, २०८२
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।


