Shittalpati
पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ

काठमाडौँ, एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई  आज पक्राउ गरेको हो ।
पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ । उनी पार्टीको कार्यक्रमका लागि सुर्खेत गएका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि अनुसन्धान गरिरहेको थियो । उनलाई विभागको अनुरोधमा प्रहरीले पक्राउ गरेको हो ।

 कर्णाली प्रदेशका डीआईजी जयराज रापकोटाका अनुसार पौडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । उनलाई नेपालगन्ज हुँदै काठमाडौं पठाउने तयारी भइरहेको छ । यस विषयमा सुरक्षा अधिकारीहरू छलफलमा छन् । स्थलमार्ग वा सुर्खेतबाट नेपालगन्ज लगेर त्यहाँबाट जहाजमा काठमाडौं पठाउने भन्ने विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार ८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update