Shittalpati
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित २८ जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित २८ जना पक्राउ देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २८ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, धनुषा, कैलाली, चितवन, झापा, पर्सा, मकवानपुर, दाङ, बर्दिया, उदयपुर, मोरङ, कास्की, धादिङ, कैलाली, महोत्तरी र काठमाडौंका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २८ जना पक्राउ परेका हुन् ।
एसइई पूरक नतिजा सार्वनजिक, कसरी थाहाँ पाउने ?
एसइई पूरक नतिजा सार्वनजिक, कसरी थाहाँ पाउने ? राष्ट्रिय परीक्षा बोर्डले मंगलबार माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरक अर्थात् ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले यही असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन  गरेको पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।
छुट्टाछुट्टै घटनामा आठ जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा आठ जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा परी आठ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटनामा परी तीन जना, डुवेर एक जना, करेन्ट लागेर एक जना, मृत अवस्थामा तीन जना रहेका छन् ।
गुल्मी जिप दुर्घटनामा एकको मृत्युु
गुल्मी जिप दुर्घटनामा एकको मृत्युु गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । आइतबार राति साढे २ बजे रेसुंगाबाट तम्घास आउँदै गरेको लु १ ज १५२८ नम्बरको जिप दुर्घटना हुँदा तम्घासका १६ वर्षीय सुदीप नेपालीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट देशका विभिन्न स्थानमा भएको आगलागीबाट लाखौंको धनमाल जलेर जष्ट भएको छ । रूपन्देही, बारा र सप्तरीमा भएको आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट भएको हो । रूपन्देहीको कोटहीमाई गाउँपालिका–१ पडरहवामा घरमा आगलागी हुँदा दुई लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
इनरह्वील मिडटाउन बुटवलको अध्यक्षमा पोखरेल
इनरह्वील मिडटाउन बुटवलको अध्यक्षमा पोखरेल इनरह्वील क्लब अफ मिडटाउन बुटवलको अध्यक्षमा पत्रकार सुशीला पोखरेल निर्विरोध निर्वाचित भएकी छन् । वर्ष २०२६÷२७ का लागि पोखरेल क्लवको अध्यक्षमा चयन भएकी हुन् । अध्यक्षमा चयन भएकी उनी रेडियो मुक्तिमा कार्यरत छिन् ।
डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने
डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने यसपटक पानी पर्न थालेपछि डेंगी संक्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ । पानी पर्न थालेपछि डेंगी संक्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
बर्डफ्लु सङ्क्रमणप्रति सचेत हुन आग्रह
बर्डफ्लु सङ्क्रमणप्रति सचेत हुन आग्रह सरकारले देशभर फैलिएको बर्डफ्लुको सङ्क्रमणबाट बच्न उच्च सर्तकता अपनउन आग्रह गरेको छ । सक्रमण फैलिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बर्डफ्लु सङ्क्रमणबाट बच्न आवश्यक सतर्कता अपनाउँदै सुरक्षित रहन सबैलाई आग्रह गरेको हो ।
कमल राष्ट्रिय सुकर्म पुरस्कार शाक्यलाई
कमल राष्ट्रिय सुकर्म पुरस्कार शाक्यलाई कमल राष्ट्रिय सुकर्म पुरस्कार (२०८२) पाल्पाका शिक्षाविद्, समाजसेवी, गणितज्ञ दिलबहादुर शाक्यलाई प्रदान गरिएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले कमल राज रेग्मीको नाममा स्थापित सो पुरस्कारबाट शाक्यलाई सम्मान गरेको हो ।
पूर्वअर्थमन्त्री पौडेलविरुद्ध ६ दिन म्याद थप
पूर्वअर्थमन्त्री पौडेलविरुद्ध ६ दिन म्याद थप पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप ६ दिन हिरासतमै राख्न अदालतले अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई तेस्रोपटक म्याद थप गरिएको हो ।
२३ स्थानीय तहले अझै ल्याएनन् बजेट
२३ स्थानीय तहले अझै ल्याएनन् बजेट असार १० भित्र सबै स्थानीय तहले आ–आफ्ना सभामा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि अझै २३ वटा स्थानीय तहले बजेट पेस गरेका छैनन् ।
आज विश्व खेलकुद पत्रकार दिवस मनाइँदै
आज विश्व खेलकुद पत्रकार दिवस मनाइँदै आज विश्वभर विभिन्न कार्यक्रमका साथ विश्व खेलकुद पत्रकार दिवस मनाइँदै छ । खेल पत्रकारिताको महत्व, निष्पक्ष समाचार सम्प्रेषण तथा खेलकुद क्षेत्रको विकासमा पत्रकारहरूको योगदानको सम्मान गर्दै हरेक वर्ष जुलाई २ तारिख यो दिवस मनाइन्छ ।
Weather Update