एनएमबि बैंकको ‘युवा डिजी सेभिङ’
शुक्रबार, फागुन १३, २०७८

रिब्दीकोट गाउँ सरकारद्वारा दीर्घरोगीलाई आर्थिक सहयोग
बिहीबार, फागुन १२, २०७८
पाल्पाको रिब्दीकोट गाउँपालिकाले जटिल प्रकारका रोगीलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ । मृटु, मिर्गाैला तथा क्यान्सर पीडित व्यक्तिका लागि पालिकाले यातायात खर्च वापत छ हजार नगद सहयोग गर्दै आएको हो ।

यामाहा एमटी–१५ बीएस ०६ को माग बढ्दो
बुधबार, फागुन ११, २०७८
नेपालमा यामाहा एमटी–१५ बीएस ०६ को माग अत्याधि रुपमा बढ्दै गएको जनाइएको छ । नयाँ पुस्ताले यामाहाको यो बाइक अत्यन्त रुचाएको कम्पनीले दावी गर्दे आएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले रहेको छ । सुरुवाती दिनहरूदेखि नै आफ्नो पहिलो ‘एमटी–०१’ सँगै यामाहाले विश्वव्यापी प्रशंसा बटुल्दै आइरहेको कम्पनीले...

‘सुजुकी सेलेरियो’ सार्वजनिक
मंगलबार, फागुन १०, २०७८
नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सको अटो मोटिभ डिभिजन सिजी मोटोकर्पले ‘सुजुकी सेलेरियो’ नामक कार सार्वजनिक गरेको छ । कम्पनीले नेपालको सबै भन्दा इन्धन किफायती पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेको हो ।

गुन्द्रुक बेचेरै मनग्य आम्दानी गर्दै पाल्पाका महिला
मंगलबार, फागुन १०, २०७८
गुन्द्रुक उत्पादनमा यहाँका महिला आकर्षित भएका छन् । गुन्द्रुकको माग बढेपछि यहाँका महिलाले गुन्द्रुक उत्पादनबाट गतिलो आम्दानी गर्न थालेका हुन् । तानसेन नगरपालिका छापका झण्डै २५ घरपरिवार गुन्दु्रक उत्पादन गरी जीविकोपार्जन गर्दै आएका छन् ।

कोरोनाबाट मृत्यु भएकाको परिवारलाई राहत रकम
मंगलबार, फागुन १०, २०७८
जिल्लाको निस्दी गाउँपालिकाले कोरोना संक्रमितका कारण ज्यान गुमाएकाको परिवारलाई राहत रकम दिएको छ । कोरोनाका कारण मृत्यु भएका गाउँपालिका भित्रका ७ जनाको परिवारलाई गाउँपालिकाले २५/२५ हजारका दरले राहत रकम दिएको हो ।

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
सोमबार, फागुन ९, २०७८
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । शनिबार रातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च बनाएको हो ।
युनियन लाइफद्वारा मृत्यु दावी रकम हस्तान्तरण
आइतबार, फागुन ८, २०७८
युनियन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी वापतको रकम भुक्तानी गरेको छ । कम्पनी पाल्पा शाखाले जिल्लाको पूर्वखोला गाउँपालिका ५ विरकोटका स्व. ठाकुर सिंह बाह्रघरेको परिवारलाई बिमा दाबी बापतको रकम हस्तान्तरण गरेको हो ।

आइपिओ जारी गर्दै नेष्डो समृद्ध लघुवित्त
शुक्रबार, फागुन ६, २०७८
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि यही फागुन ११ गतेदेखि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय अड्ढित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७ सय ५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गर्ने लागेको हो ।

विदेशमा मृत्यु भएकाको परिवारलाई सहयोग
बुधबार, फागुन ४, २०७८
वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक संकलन गरी हस्तान्तरण गरिएको छ ।

गुल्मी सहित चार जिल्लामा मेगा बैंकको सेवा विस्तार
मंगलबार, फागुन ३, २०७८
मेगा बैंक नेपाल लिमिटेडले गुल्मी सहित चार जिल्लामा थप सेवा विस्तार गरेको छ । उसले बैंकिङ सेवा नपुगेका चार वटा जिल्लाका पाँच स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो । बैंकले भोजपुरको पौवादुम्मा गाउँपालिका–३, सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५, गुल्मीको मुसिकोट नगरपालिका–५ देउराली, कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र कृष्णपुर नगरपालिका–२ स्थित बाङकामा शाखारहित...

ग्लोबल बैंकको ‘भ्यालेन्टाइन्स’ अफर
सोमबार, फागुन २, २०७८
ग्लोबल आईएमई बैंकले ‘भ्यालेन्टाइन्स डे’ अफर ल्याएको छ । उसले आफ्ना ग्राहकहरुका लागि क्यूआर कोडमार्फत गरिने झुक्तानीमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने गरी योजना ल्याएको हो ।

निर्धन उत्थान लघुवित्तको नाफा बढ्यो
शनिबार, माघ २९, २०७८
नेपालको वित्तिय क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । संस्थाको गत आवको दोस्रो त्रैमासिकको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा ८ दशमलव ६ गुणाले बढेको हो ।