Shittalpati
मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित

पाल्पा, मुक्तिनाथ विकास बैंक द बिज अवार्ड २०२२ बाट सम्मानित भएको छ । वल्र्ड कन्फेडेरसन अफ बिजनेस (वल्र्डकोब) द्वारा आयोजना गरिएको सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सिलेन्स् अवार्ड पाउन बैंक सफल भएको हो ।

वभिन्न ६ विधामा मूल्याड्ढन गरी मुक्तिनाथ विकास बैंकलाई अवार्ड प्रदान गरिएको हो । सो समारोहमा आयोजनाकर्ता १ सय ३० देशका ३ हजार ५ सय भन्दा बढी व्यापार सदस्यहरुको प्रतिनिधित्व हुँदै आएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले उक्त अवार्डको सर्टिफिकेट ग्रहण गरेका छन् । यस सम्मानले बैंकलाई भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकका लागि नविनतम सेवाहरु ल्याउन उत्साहित बनाएको उनले बताए । बैंकले यसअघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० समेत हासिल गरेको थियो । यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिजा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था बैंकले गरेको छ । त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकि·, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकि·, खातामै रेमिट्यान्स जम्मा जस्ता सुविधा पनि बैंकले दिँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update