स्याङ्जामा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय
बुधबार, जेठ ११, २०७९
आठ दिनमै बढ्यो पेट्रोलियम पदार्थको मूल्य
सोमबार, जेठ ९, २०७९
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनःवृद्धि गरेको छ । वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको निगमले ८ दिनमै पुनः १० रुपैयाँ बढाएको हो । निगमले आइतबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको छ ।
संस्थापक सेयर बेच्दै कुमारी बैंक
सोमबार, जेठ ९, २०७९
कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको एक लाख २२ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । उसले लुम्बिनी जनरल इन्स्योरेन्समा रहेको आफ्नो एक लाख २२ हजार २ सय ८७ कित्ता बराबरको संस्थापक सेयर बेच्ने भएको छ । बैंकले आफ्नो...
शुक्रबार पनि सेयर कारोबार
शनिबार, जेठ ७, २०७९
आइतबारदेखि बिहीबारसम्म हुने सेयर बजार कारोबार शुक्रबार पनि भएको छ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेपछि पहिलो पटक शुक्रबार समेत सेयर कारोबार हुन थालेको हो ।
एकैपटक १० रुपैयाँले बढ्यो इन्धनको मूल्य
बुधबार, जेठ ४, २०७९
नेपाल आयल निगमले इन्धनमा फेरी मूल्य वृद्धि गरेको छ । स्थानीय तहको चुनावको भोलिपल्ट उसले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ । मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर १ सय ७० रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेल प्रतिलिटर १...
तीन इन्स्योरेन्स कम्पनीबीच एक आपसमा गाभिने सहमति
मंगलबार, जेठ ३, २०७९
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक आपसमा गाभिने सहमति भएको छ । सो सम्बन्धमा तीनै कम्पनीका अध्यक्षहरूले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
अन्तरदेशीय प्रसारण लाइनका लागि वैदेशिक लगानी स्वीकृति
सोमबार, जेठ २, २०७९
नेपाल र भारतबीच विद्युत आदानप्रदानका लागि निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ । नेपाल विद्युत प्राधिकरणले नेपाल र भारतबीच विद्युत व्यापारका लागि प्रस्तावित न्यू बुटवल–गोरखपुर ४ सय केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न स्थापना हुने कम्पनीमा वैदेशिक लगानी गर्न स्वीकृति पाएको...
कृषि व्यवसाय प्रवद्र्धन गर्न ‘किसान कार्ड’
आइतबार, जेठ १, २०७९
मेगा बैंक नेपालले कृषि व्यवसाय प्रवद्र्धन गर्न किसान कार्ड उपलब्ध गराउने भएको छ । बैंकले साना किसानहरुको कृषि व्यवसाय प्रवद्र्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले आइडीई नेपालसँग सम्झौता गरेको छ ।
नेपाल पे क्यूआर सेवा सञ्चालन गर्न सम्झौता
बुधबार, वैशाख २८, २०७९
ग्लोबल आइएमई बैंक र नेपाल क्यिरिङ हाउसले नेपाल पे क्यूआर सेवा सञ्चालनका लागि सम्झौता गरेका छन् । नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको सेवा थालनीका लागि यि दुई संस्थाले सम्झौता गरेका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल क्यिरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले सम्झौतापत्रमा...
व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट
बुधबार, वैशाख २८, २०७९
वैदेशिक रोजगार कार्यालय काठमाडौँले नयाँ व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको छ । कार्यालयका प्रमुख रमेश अर्यालले आँउदो जेठ ६ गतेदेखि अनलाइन प्रणालीबाट मात्र नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने निर्णय भएको जानकारी दिए । कार्यालयले गत माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र यही वैशाख...
देवकोटा चोकमा ‘बर्तुङ्ग सुपथ पसल’
मंगलबार, वैशाख २७, २०७९
तानसेनको देवकोटा चोकमा ‘बर्तुङ्ग सुपथ पसल’ सञ्चालनमा आएको छ । सुपथ मूल्य पसल खुलेपछि एकाधिकाको समस्यामा परेका बर्तुङ्ग क्षेत्रका स्थानीय खुसी भएका छन् । उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले तानसेन नगरपालिकाको आर्थिक सहयोगमा बर्तुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सुपथ पसल सञ्चालन गरेको हो ।
चैत मसान्तसम्म दुई सय ३२ उद्योग दर्ता
सोमबार, वैशाख २६, २०७९
चालू आवको चैत मसान्तसम्म नेपालमा दुई ३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा एक सय ६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार ६ सय ८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ ।
नबिल बैंक युएसडीएमा सूचीकरण
शनिबार, वैशाख २४, २०७९
नबिल बैंक युएस डिपार्टमेन्ट अफ एग्रिकल्चर (युएसडीए) द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १ सय २ अन्तर्गत सूचीकरण भएको छ । जसअनुसार बैंकले युएसडीएसँग सम्झौता गरिसकेको छ । नबिल बैंक युएसडीए कार्यालयबाट गरिएको उच्चस्तरीय...


