सर्वसाधारणलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर
बुधबार, चैत ९, २०७८

बैंकको ब्याजदर घटाउन व्यापार संघको माग
मंगलबार, चैत ८, २०७८
बैंक तथा वित्तीय संस्थाहरुको व्याज दर घटनाउन उद्योग व्यापार संघ बुटवलले माग गरेको छ । उसले बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी ढंगले ब्याज दर अत्यधिक वृद्धि गरेको भन्दै व्याजदर घटाउन नेपाल राष्ट्र बैंकसँग माग गरेको हो ।

‘बजाज पाँचको पञ्च’ अफर
सोमबार, चैत ७, २०७८
नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले ‘बजाज पाँचको पञ्च’ अफर ल्याएको छ । कम्पनी नयाँ वर्ष २०७९ को अवसर पारेर आफ्ना ग्राहकहरुका लागि ‘बजाज पाँचको पञ्च’ अफर ल्याएको हो ।

निर्वाचन खर्च बैंक खातामार्फत गर्नुपर्ने
आइतबार, चैत ६, २०७८
स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले गर्ने चुनावी खर्च बैंकिङ प्रणालीबाट गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचन खर्च बैंक खातामार्फत गर्नुपर्ने बताएको हो । निर्वाचन आचार संहिताअनुसार चुनावमा गरिने खर्चका लागि उम्मेदवारहरुले वैंक तथा वित्तिय संस्थामा खाता खोल्नुपर्नेछ र खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने छ ।

ग्लोबल र आईसीएफसी बीच सम्झौता
बुधबार, चैत २, २०७८
ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच सम्झौता भएको छ । आईसीएफसी फाइनान्सका ग्राहकलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्बन्धी समझदारी भएको हो ।

बरजु गुठी पाल्पाद्वारा नीलसागरलाई लत्ता, कपडा र भोजन
मंगलबार, चैत १, २०७८
बरजु गुठी पाल्पाले तानसेनस्थित भूषालडाँडामा रहेको नीलसागर सेवाश्रमलाई लत्ता, कपडा र भोजन दिएको छ । गुठीले सोमबार एक औपचारिक कार्यक्रमका बिच सेवाश्रममै पुगेर लत्ता, कपडा र भोजन दिएको हो ।

टीभीएस रेडर १२५ लाई इण्डियन उपाधि
सोमबार, फागुन ३०, २०७८
टीभीएस रेडर १२५ ले प्रतिष्ठित भारतीय अवार्ड, इन्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधि पाउन सफल भएको छ । टीभीएस रेडारले मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै टीभीएस रेडरले उपाधि हात पार्न सफल भएको हो ।

१२ अर्ब ४६ करोडको धान आयात
शनिबार, फागुन २८, २०७८
धान उत्पादनमा उल्लेख्य सफलता हासिल गर्न नसक्दा नेपालमा बर्सेनि धान आयातको दर बढिरहेको छ । चालू आर्थिक वर्षको पहिलो सात महिनामा मात्र १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरको धान आयत भएको छ ।

महिलाहरुका लागि आकर्षक बचत खाता
शुक्रबार, फागुन २७, २०७८
सनराइज बैंकले महिलाहरुका लागि विशेष योजना ल्याउन लागेको छ । बैंकले नारी बचत खाता खोल्नेहरुका लागि विशेष सुविधाहरु सहित ‘नारी बचत खाता’ ल्याउन लागेको हो । उसले चैत १ गतेदेखि ‘नारी बचत खाता’ विशेष अफर ल्याउन लागेको जनाएको छ ।

कुसुम सहकारीले गर्यो महिलाहरुलाई सम्मान
बुधबार, फागुन २५, २०७८
तानसेनमा वित्तिय कारोबार सञ्चालन गर्दै आएको कुसुम बहुउद्देश्यीय सहकारी संस्थाले जिल्लाका उद्यमी तथा विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरुलाई सम्मान गरेको छ । सहकारीले आर्थिक, सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै महिलाहरुलाई सम्मान गरेको हो ।

नेष्डो समृद्ध लघुवित्तको आइपिओ बाँडफाँड
बुधबार, फागुन २५, २०७८
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बाँडफाँड गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले मंगलबार साधारण शेयरको बाँडफाँड गरेको हो ।

गुल्मीमा चौथो गुल्मी महोत्सव सञ्चालन हुने
मंगलबार, फागुन २४, २०७८
गुल्मीमा चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवं औद्योगिक मेला–२०७८ सञ्चालन हुने भएको छ । आउँदो चैत २५ गतेदेखि २०७९ बैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवं औद्योगिक मेला–२०७८ संचालन हुने आयोजक उद्योग वाणिज्य संघले जनाएको छ ।

कुप कार्ड सम्बन्धी ग्लोबल आइएमईको त्रिपक्षीय सम्झौता
मंगलबार, फागुन २४, २०७८
ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिज बीच सहकारी पहिचान सहितको कुप कार्ड (एटीएम) जारी गर्ने सम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ । एससिटीसँगको सहकार्यमा बैंकले छिट्टै सदस्य सहकारी संघ–संस्था मार्फत सहकारीमा आवद्ध सदस्यलाई एटीएम कार्ड प्रदान गर्ने गरी त्रिपक्षीय सम्झौता गरेको हो ।