Shittalpati
बुटवलमा पुनः जग्गाको लगत संकलन सुरु

लुम्बिनी, बुटवल उपमहानगरपालिकाले पुनः जग्गाको लगत संकलन सुरुआत गरेको छ । बुटवल उपमहानगरपालिकाको वडा १२ सहितका केही वडामा लगत संकलन थालिएको हो । लगत संकलनको काम सकिएपछि कार्यपालिकाको बैठकले जग्गाको नापजाँचका लागि राष्ट्रिय भूमि आयोगबाट अनुमति लिने नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए । ‘अहिले कुन जग्गा व्यक्तिको हो, कुन सार्वजनिक हो, कहाँ बस्ती बसेको छ, कहाँ छैन भन्ने लगत संकलनको काम हुन्छ’, उनले भने ।

स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार बमोजिम सार्वजनिक, ऐलानी र पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने काम नगरले अघि बढाएको प्रमुख पाण्डेयले जानकारी दिए । जग्गाको लगत संकलनका लागि नगरले स्थानीयवासीसँग छलफल पनि थालेको छ । सोमबार बुटवल–१२ का बासिन्दाबीच छलफल गरिएको छ । कार्यक्रममा राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले बुटवल उपमहानगरपालिकाले दिएको लगत र तथाङ्कका आधारमा लालपुर्जा वितरणको प्रक्रिया अघि बढ्ने बताए । बुटवल उपमहानगरपालिकामा यसअघि नै गरिएको तथ्याड्ढ संकलन अनुसार करिब १७ हजार सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिए । –रासस

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update