Shittalpati
लगानी खुम्चिएपछि खराब कर्जा बढ्ने संकेत
लगानी खुम्चिएपछि खराब कर्जा बढ्ने संकेत तरलता अभावका कारण बैंकहरुको लगानी खुम्चिएपछि खराब कर्जा बढ्ने संकेत देखिएको छ । कोरोना महामारीका कारण प्रभावित अर्थतन्त्रमा लगानीयोग्य पूँजी (तरलता) अभाव भएसँगै बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा बढ्ने संकेत देखिएको हो ।
दराज नेपालको प्रबन्ध निर्देशकमा कुंवर
दराज नेपालको प्रबन्ध निर्देशकमा कुंवर नेपालको अग्रणी अनलाइन बजार दराज नेपालको प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त भएकी छन् । उनलाई कम्पनीले पहिलो महिला प्रबन्ध निर्देशकको रूपमा नियुक्त गरेको हो । दराज अलिबाबा समूहको लगानी रहेको कम्पनी हो । दराजका सीईओ बियार्के मिक्केलसेनले लिन्क्ड इनमा नियुक्तिको घोषणा गरेका थिए ।
होटल श्रीनगरको पहिचान : ‘माउन्टेन मग क्याफेको शान’
होटल श्रीनगरको पहिचान : ‘माउन्टेन मग क्याफेको शान’ तानसेनमा सञ्चालित होटल श्रीनगर प्रालिले छुट्टै पहिचान दिन सफल भएको छ । होटलले तानसेनमा आउने आन्तरिक तथा वाह्य पर्यटक र क्याफेका पारखी युवाहरुलाई आकर्षण गर्न माउन्टेन मग क्याफे सञ्चालनमा ल्याएर छुट्टै पहिचान दिन सफल भएको हो ।
मन्दिरको भेटीबाट विद्यालय सञ्चालन
मन्दिरको भेटीबाट विद्यालय सञ्चालन सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा मन्दिरको भेटीबाट विद्यालय सञ्चालन गरिएको छ । सुपा देउराली मन्दिरमा उठेको भेटीबाट खाँचीकोटस्थित आदर्श मावि र सीतापुरस्थित शान्ति निमावी सञ्चालन गरिएको छ । भेटीबाट आदर्श माविमा ६ तथा शान्ति निमाविमा चार शिक्षक राखिएको छ ।
खल्ती प्रयोगकर्तालाई वल्र्डलिंकको फ्रि वाइफाइ
खल्ती प्रयोगकर्तालाई वल्र्डलिंकको फ्रि वाइफाइ खल्ती प्रयोगकर्ताहरुका लागि वल्र्डलिंकको फ्रि वाइफाइ सुविधान ल्याइएको छ । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले ‘खल्तीमा १०० जीबी’ अफर अन्तर्गत फ्रि वाइफाई सविधा ल्याइएको हो । यसअन्तर्गत खल्ती प्रयोगकर्ताले वल्र्डलिंकका १४ हजारभन्दा धेरै हटस्पटहरुमा १०० जीबी फ्रि वाइफाइ ३० दिनको लागि प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।
धार्मिक महोत्सव स्थगित
धार्मिक महोत्सव स्थगित काठेखोला गाउँपालिका–५ रामकोटधाममा शनिबारदेखि आयोजना गर्ने भनिएको बिहुँकोट धार्मिक महोत्सव स्थगन गरिएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणलाई हेरेर सरकारले भीडभाडजन्य गतिविधिमा रोक लगाएपछि महोत्सव स्थगन गरिएको आयोजक बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदीले जानकारी दिए ।
तानसेन नगर सरकारद्वारा शिक्षकलाई प्रोत्साहन भत्ता
तानसेन नगर सरकारद्वारा शिक्षकलाई प्रोत्साहन भत्ता तानसेन नगरपालिकाले स्वेच्छिक अवकाश गर्ने शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ । शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो ।
सहकारीलाई ‘चिप बेस्ट एटिएम कार्ड’
सहकारीलाई ‘चिप बेस्ट एटिएम कार्ड’ सनराइज बैंक लिमिटेडले सहकारी ‘चिप बेस्ट एटिएम कार्ड’को सुविधा प्रयोगमा ल्याएको छ । बैंकले सहकारी क्षेत्रलाई लक्षित गर्दै ‘चिप बेस्ट एटिएम कार्ड’को सुविधा ल्याएको हो । बैंकसँगै सहकारी सदस्य सेवाग्राहीले समेत सोही भिसा कार्ड मार्फत बैंकका जुनकुनै एटिएम बुथबाट पैसा झिक्न सक्ने सुविधा प्रदान गरेको बैंकले यो सुविधा दक्षिण एशियामा...
बैंकमा पैसा थुप्रिन थाल्यो
बैंकमा पैसा थुप्रिन थाल्यो पछिल्लो समय बैंकहरुमा पैसा थुप्रिन थालेको छ । लामो समयदेखि तरलता अभाव खेपिरहेका वाणिज्य बैंकहरूमा अहिले निक्षेप रकम बढ्न थालेको हो ।
तानसेन सहकारीले गर्‍यो ८ करोड ९२ लाखको कारोबार
तानसेन सहकारीले गर्‍यो ८ करोड ९२ लाखको कारोबार जिल्लामा क्रियाशिल रहेको तानसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेन पाल्पाले ८ करोड ९२ लाख बराबरको कारोबार गरेको छ । सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा ८ करोड ९२ लाख ७ हजार १ सय ८८ बराबरको करोबार गरेको हो । उसले १३ आंै वार्षिक साधारण सभा मनाउँदै उक्त कारोबार गर्न...
‘महिला सहकारीले उत्पादनमुखी कृषिमा जोड दिनुपर्छ’
‘महिला सहकारीले उत्पादनमुखी कृषिमा जोड दिनुपर्छ’ गुल्मी मुसिकोट नगरपालिका ७ मा रहेको लक्ष्मीनारायण महिला कृषि सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारण सभा भएको छ । साधारण सभालाई सम्वोधन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुषालले महिला सहकारीलाई अब कृषि उत्पादनमुखी भएर अगाडि बढ्न आग्रह गरे ।
गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल सर्वसम्मत
गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल सर्वसम्मत गुल्मी उद्योग वाणिज्य संघको ३० औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्ष पदमा ईश्वरी पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । सदरमुकाम तम्घासको रहेको संघको सभाहलमा भएको ३० औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट पदाधिकारी एवम् सदस्यहरु सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।
Weather Update