Shittalpati
सेयर बजारमा लगातार वृद्धि

पाल्पा, पछिल्लो ६ दिन यता लगातार सेयर बजारमा वृद्धि भएको छ । सेयर कारोबार भएको आइतबार, शुक्रबार, बिहीबार, बुधबार, मंगलबार र सोमबार परिसूचक नेप्सेमा वृद्धि भएको हो । आइतबार १.९, शुक्रबार ७.९, बिहीबार १४.७, बुधबार ५९.५४, मंगलबार ११.६८ र साउन २ गते सोमबार १८ अंकले बढेको छ । सोमबार सेयर बजारको परिसूचक नेप्से १८ अंकले वृद्धि भएसँगै नेप्से २०२९ अंकमा कायम भएको छ ।

सोमबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशलमव २७ प्रतिशत घटेको छ भने व्यापार समूहको परिसूचक स्थिर रहेको छ । बाँकी सबै समूहको समूहगत परिसूचक बढेको हो । यस दिन सबैभन्दा बढी होटल एण्ड टुरिजम समूहको समूहगत परिसूचक ४ दशमलव ९३ प्रतिशत बढेको छ । सोमबार कुल १ अर्ब २९ करोड रुपैयाँको कारोबार भयो । सबैजसो उपसमूह बढेका छन् । बैंकिङ २, विकास बैंक ३२, फाइनान्स २२, होटल तथा पर्यटन १ सय २९, जलविद्युत २६, जीवन बीमा १ सय १७, उत्पादन ३७, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा १ सय ८ र अन्य उपसमूह ३० अंक बढे । कुल १४३ कम्पनीको मूल्य बढ्यो भने २७ को घट्यो । ९ कम्पनीको स्थिर रह्यो । बरुण हाइड्रोपावर र इमर्जिङ नेपालको मूल्य करिब १० प्रतिशत बढ्यो । चन्द्रागिरि हिल्सको ६ र अपी पावरको मूल्य ५ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, एसियन लाइफ इन्स्योरेन्स, अपी पावर, माथिल्लो तामाकोसी र गोर्खा फाइनान्स अग्रपंक्तिमा रहेका छन् । नयाँ आर्थिक वर्ष लागेसँगै शेयर बजारमा हरियाली छाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update