Shittalpati
कुमारी बैंकको ऋणपत्र निष्कासन
कुमारी बैंकको ऋणपत्र निष्कासन कुमारी बैंकले ऋणपत्र निष्कासन गरेको छ । बैंंकले भदौ १७ देखि २१ गतेसम्मका लागि ऋणपत्र जारी गरेको हो । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न भदौ १ गते सेबोनबाट अनुमति पाएको थियो । बैंकले ‘११ प्रतिशत ब्याजदरमा केबिएल डिबेन्चर २०८९’ निष्काशन गरेको छ ।
दसैं लागि भदौ २९ देखि नयाँ नोट सटही
दसैं लागि भदौ २९ देखि नयाँ नोट सटही नेपाल राष्ट्र बैंकले यो वर्ष भदौ २९ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । हरेक वर्ष दसैंको अवसरमा राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाउने गरेको छ । यो वर्ष पनि राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने र २९...
नगर सरकारले दिनेभयो रेसुङ्गा क्याम्पसलाई एक करोड
नगर सरकारले दिनेभयो रेसुङ्गा क्याम्पसलाई एक करोड आर्थिक संकटमा परेको जिल्लाकोसबै भन्दा पुरानो रेसुङ्गा बहुमुखी क्याम्पसलाई स्थानीय सरकारले एक करोड दिने भएको छ । आर्थिक संकटमा परेको क्याम्पसलाई केही भएर पनि राहत दिने गरी रेसुङ्गा नगर सरकारले एक करोड आर्थिक सहयोग गर्ने भएको हो ।
कुमारी बैंकको मुद्दती निक्षेपमा ‘डबल’
कुमारी बैंकको मुद्दती निक्षेपमा ‘डबल’ के तपाई घरमै बसी धेरै कमाउन चाहनुहुन्छ ? के आफुसँग भएको सानो रकमबाट सुरक्षित तरिकाले धेरै रकम बनाउन चाहनुहुन्छ ? यदि त्यसो हो भने तपाईका लागि कुमारी बैंकले ल्याएको छ आकर्षक निक्षेप मुद्दती योजना । बैंकले मुद्दती निक्षेप योजना अन्तर्गत डबल हुने धनवृद्धि मुद्दती योजना ल्याएको हो ।
मट्टीतेल र डिजेलको मूल्य ६ रुपैयाँ बढ्यो
मट्टीतेल र डिजेलको मूल्य ६ रुपैयाँ बढ्यो नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँ बढाएको छ । निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै बिहीबार रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्यमा ६/६ रुपैयाँ बढाएको हो ।
फास्ट मोबाइल नेटवर्क अवार्ड एनसेललाई
फास्ट मोबाइल नेटवर्क अवार्ड एनसेललाई सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड नेपालको एनसेल आजियाटा लिमिटेडले प्राप्त गरेको छ । एनसेलले जनवरी–जुन २०२२ को लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको हो । विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाले एनसेललाई उक्त अवार्ड प्रदान गरेको छ ।
‘गरिमा मालामाल मुद्दती योजना’
‘गरिमा मालामाल मुद्दती योजना’ गरिमा विकास बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी ‘गरिमा मालामाल मुद्दती योजना’ सार्वजनिक गरेको हो । उक्त योजनामा ७३ महिना १० दिनमै निक्षेप दोब्बर र १ सय १६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने मुद्दती योजना ल्याएको जनाएको छ ।
मुक्तिनाथमा खाता खोल्दा एक लाखको बिमा
मुक्तिनाथमा खाता खोल्दा एक लाखको बिमा मुक्तिनाथ विकास बैंकमा खता खोल्दा एक लाखको चिकित्सा सम्बन्धी बिमा पाउने भएको छ । बैंकले हरितालिका तीजको अवसरमा ‘मुक्तिनाथ तिज विशेष अफर’ योजनामा उक्त सेवादिन लागेको हो । यो योजना अन्तर्गत भदौभित्र मुक्तिनाथ विकास बैंकमा ‘मुक्तिनाथ महिला पेवा बचत खाता’ खोल्ने नारीहरूले १ लाख रुपैयाँसम्मको चिकित्सा सम्बन्धी बिमा पाउनेछन् ।
पाल्पामा शाइन रेसुङ्गा बैंकद्वारा विद्यार्थीलाई वित्तीय  साक्षरता
पाल्पामा शाइन रेसुङ्गा बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक पाल्पा शाखाले विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत बैंकले जिल्लाको माथागढी गाउँपालिका चिदीपानीमा रहेको सौभाग्य माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
पाल्पामा सहकारी बैंकको शाखा ल्याउन जोड,सहकारीको पैसा सहकारीमै राख्न आग्रह
पाल्पामा सहकारी बैंकको शाखा ल्याउन जोड,सहकारीको पैसा सहकारीमै राख्न आग्रह पाल्पाका सहकारी अभियान्ताहरुले जिल्लामा सहकारी बैंकको शाखा ल्याउनु पर्नेमा जोड दिएका छन् । बुधबार राष्ट्रिय सहकारी बैंक बुटवल शाखाले तानसेनमा आयोजना गरेको सहकारी संघ/संस्था र सहकारी बैंक बिचको अन्तक्र्रिया कार्यक्रममा सहकारी अभियान्ताहरुले सहकारीको पूँजीलाई थप व्यवस्थित र सुरक्षित राख्न सहकारी बैंकको शाखा पाल्पामा ल्याउनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले सहकारीको...
Weather Update