Shittalpati
यती एयरलाइन्सद्वारा यात्रु सेवा वृद्धि
यती एयरलाइन्सद्वारा यात्रु सेवा वृद्धि निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले एक वर्षको अवधिमा १० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको छ । काठमाडौँबाट भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्जलगायतका विमानस्थल र पर्वतीय उडान भर्दै आएको यती एयरलाइन्सले एक वर्षको अवधिमा १० लाख पाँच हजार छ सय ७७ यात्रुलाई यात्रुसेवा प्रदान गरेको हो ।
सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना सुरु
सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना सुरु नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले दसैँ–तिहारभरिका लागि ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ ल्याएको छ । कम्पनीले मूल्यमा छुटसहित विभिन्न अफरको योजना ल्याएको हो ।
गणेश बचत तथा ऋण सहकारीको अध्यक्षमा गाहा
गणेश बचत तथा ऋण सहकारीको अध्यक्षमा गाहा गणेश बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विष्णु बहादुर गाहा निर्वाचित भएका छन् । सहकारीको सोमबार तानसेनमा भएको अधिवेशनले गाहालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । गाहाले यस अघि सहकारीको लेखा संयोजकमा दुई कार्यकालको कूशल जिम्मेवारी समेत सम्हाली सकेका छन् ।
गणेश सहकारीले गर्यो नवौं साधारण सभा तथा अधिवेशन
गणेश सहकारीले गर्यो नवौं साधारण सभा तथा अधिवेशन तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले नवौं साधारण सभा तथा अधिवेशन गरेको छ । सहकारीले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी साधरण सभा तथा अधिवेशन गरेको हो । सभाको प्रमुख अतिथि तथा तानसेन नगरपालिकाका सहकारी विभागका प्रमुख दुर्गाबहादुर थापाले उद्घाटन गरेका हुन् ।
जजिराको भैरहवा–कुवेत दैनिक उडान
जजिराको भैरहवा–कुवेत दैनिक उडान जजिरा एयरलाइन्सले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा दैनिक उडान सुरु गरेको छ । जजिरा शुक्रबारदेखि कुवेतमा नियमित रुपमा उडान सुरु गरेको हो ।
घट्यो पेट्रोल, डिजेलको मूल्य
घट्यो पेट्रोल, डिजेलको मूल्य पेट्रोल तथा डिजेलको मूल्य घटेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नेपाल आयल निगमलाई पेट्रोल तथा डिजेलको मूल्य घटेर आएको हो । शुक्रबार (सेप्टेम्बर १६) बाट लागू भएको नयाँ मूल्यअनुसार आयल निगमले खरिद गर्ने पेट्रोलको मूल्य अघिल्लो दिनसम्मको तुलनामा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको छ ।
नबिल बैंकले ल्यायो ‘नबिल जेन अल्फा’ एप
नबिल बैंकले ल्यायो ‘नबिल जेन अल्फा’ एप राष्ट्रिय बाल दिवसको अवसर पारि नबिल बैंकले नेपालमै पहिलोपटक ‘नबिल जेन अल्फा’ एप सार्वजनिक गरेको छ । नबिलको जेन अल्फाका ब्राण्ड एम्बासडर प्रेन्सा रेग्मी र प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद दानाको उपस्थितिमा एप सार्वजनिक गरेको हो ।
महिला सामाजिक उद्यमी उत्सव लुम्बिनीमा: सहकारी पुरस्कृत
महिला सामाजिक उद्यमी उत्सव लुम्बिनीमा: सहकारी पुरस्कृत महिला सामाजिक उद्यमी उत्सव लुम्बिनीमा सम्पन्न भएको छ । हेफर इन्टरनेशनल नेपालमा सञ्चालन भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको उत्सवको बिहीबार उद्घाटन गर्दै लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले देश समृद्ध बनाउन महिलाले राज्य सञ्चालन गर्नुपर्ने बताए ।
पाल्पामा सरकारी निकायहरुको वार्षिक प्रगति समीक्षा
पाल्पामा सरकारी निकायहरुको वार्षिक प्रगति समीक्षा जिल्लाका स्थानीय सरकार र सरकारी कार्यालयहरुको वार्षिक प्रगति समीक्षा गोष्ठी तानसेनमा भएको छ । जिल्ला समन्वय पाल्पाको आयोजनामा जिल्लाका दश स्थानीय तह, प्रदेश र संघीय सरकार अन्तर्गत विकास निर्माण कार्यालयहरुको वार्षिक समीक्षा गोष्ठी भएको हो । दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा स्थानीय सरकारका प्रमुख प्रशासकिय अधिकृत र सरकारी कार्यालयका प्रमुखहरुले...
दराजको दसैं धमाका
दराजको दसैं धमाका अनलाइन बजार दराजले दसैं धमका योजना ल्याएको छ । उसले आफ्नो ग्राहकहरुलाई लक्षित गरी वार्षिक दसैँ धमाका योजना ल्याएको हो । यो योजनामा ७० प्रतिशत सम्मको मेगा डिल, निःशुल्क शिपिंग, रु.२ हजार ५ सय सम्मको प्रीपेमेन्ट छुट, रु.दश हजारसम्मको मेगा भौचर, खेल एक रुपैयाँको र बम्पर उपहारको रूपमा एनआईयू एनक्यूआई...
इस्माको हर्पुकोटमा मेगा बैंकको सेवा विस्तार
इस्माको हर्पुकोटमा मेगा बैंकको सेवा विस्तार मेगा बैंक नेपाल लिमिटेडले जिल्लाको इस्मा गाउँपालिका १ हर्पुकोटमा सेवा विस्तार गरेको छ । बैंकले ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच पुर्‍याउने उद्देश्यले शाखा रहित बैंकिङ्ग सेवाको विस्तार गरेको हो । शाखा रहित बैंकिङ्ग सेवाको एक कार्यक्रमका बीच इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले उद्घाटन गरेका हुन् ।
बुवाको पुण्य तिथिमा गोकर्णले गरे मानवसेवा आश्रमलाई सहयोग
बुवाको पुण्य तिथिमा गोकर्णले गरे मानवसेवा आश्रमलाई सहयोग होटल व्यवसायी तथा सामाजिक व्यक्तित्व गोकर्ण रायमाझीले बुवाको वार्षिक पुण्य तिथिमा मानवसेवा आश्रमलाई सहयोग गरेका छन् । गुल्मी मुसिकोट–३ निवासी रायमाझीले आफ्ना स्वर्गिय बुबा रामबहादुर रायमाझीको सम्झनामा रुपन्देहीमा रहेको मानवसेवा आश्रमका लागि खाद्यन्न र आर्थिक सहयोग गरेका हुन् ।
Weather Update