Shittalpati
मेगा बैंक नेपाल १३ औं वर्षमा प्रवेश
मेगा बैंक नेपाल १३ औं वर्षमा प्रवेश मेगा बैंक नेपाल लिमिटेड १२ वर्ष पूरा गरी १३ वर्षमा प्रवेश गरेको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरी मेगा बैंक नेपाल लिमिटेड १२ औँ वार्षिकोत्सव मनाएको हो ।
एनआईसी एसिया बैंकको नाफा ४ अर्ब भन्दा बढी
एनआईसी एसिया बैंकको नाफा ४ अर्ब भन्दा बढी एनआईसी एसिया बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ५३ करोड खुद मुनाफा आर्जन गरेको जनाएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार आ.व. २०७८/०७९ मा आर्जन गरेको खुद मुनाफा वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि भएको पनि जनाएको छ ।
लघुजलविद्युतमा करोडौं लगानी खेर
लघुजलविद्युतमा करोडौं लगानी खेर मिनिग्रिड परियोजना धरासयी बन्दा राज्यको करोडौँ लगानी डुबेको छ । लघुजलविद्युत आयोजनालाई मिनिग्रिडमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्न बनाइएका पूर्वाधार लथालिङ्ग छन् । जैमिनी नगरपालिका ४, ९ र १० मा रहेका सात लघुजलविद्युत आयोजनाबाट उत्पादित बिजुलीलाई एकै ठाउँबाट राष्ट्रिय प्रसारणमा दिन विसं २०६७ मा मिनिग्रिड बनाइएको थियो ।
मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित
मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित मुक्तिनाथ विकास बैंक द बिज अवार्ड २०२२ बाट सम्मानित भएको छ । वल्र्ड कन्फेडेरसन अफ बिजनेस (वल्र्डकोब) द्वारा आयोजना गरिएको सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सिलेन्स् अवार्ड पाउन बैंक सफल भएको हो ।
बुटवलमा पुनः जग्गाको लगत संकलन सुरु
बुटवलमा पुनः जग्गाको लगत संकलन सुरु बुटवल उपमहानगरपालिकाले पुनः जग्गाको लगत संकलन सुरुआत गरेको छ । बुटवल उपमहानगरपालिकाको वडा १२ सहितका केही वडामा लगत संकलन थालिएको हो । लगत संकलनको काम सकिएपछि कार्यपालिकाको बैठकले जग्गाको नापजाँचका लागि राष्ट्रिय भूमि आयोगबाट अनुमति लिने नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।
सेयर बजारमा लगातार वृद्धि
सेयर बजारमा लगातार वृद्धि पछिल्लो ६ दिन यता लगातार सेयर बजारमा वृद्धि भएको छ । सेयर कारोबार भएको आइतबार, शुक्रबार, बिहीबार, बुधबार, मंगलबार र सोमबार परिसूचक नेप्सेमा वृद्धि भएको हो । आइतबार १.९, शुक्रबार ७.९, बिहीबार १४.७, बुधबार ५९.५४, मंगलबार ११.६८ र साउन २ गते सोमबार १८ अंकले बढेको छ ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा घटेन
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा घटेन भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा मूल्य घटेको छैन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको भए पनि नेपालमा यथावत् राखिएको छ ।
चिकित्सा शिक्षाको शुल्क वृद्धि
चिकित्सा शिक्षाको शुल्क वृद्धि राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ । आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८/७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह, स्नातकोत्तर तह, स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रममा शुल्क निर्धारण गरेको बताए ।
१० खर्ब ३५ अर्ब राजश्व संकलन
१० खर्ब ३५ अर्ब राजश्व संकलन सरकारले शुक्रबारसम्म १० खर्ब ३५ अर्ब बराबरको राजश्व संकलन गरेको छ । सरकारले ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबरको राजश्व संत्रलन गर्ने लक्ष्य राखेकोमा हालसम्म १० खर्ब ३५ अर्ब ३९ करोड ४४ लाख बराबरको राजश्व संकलन गरेको हो ।
४० लाख पुगे करदाता
४० लाख पुगे करदाता करको दायरामा आउने करदाताको संख्या ४० लाख पुगेको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९ औँ प्रतिवेदनअनुसार आव २०७७/७८ सम्म ४० लाख ५९ हजार १ सय ७ करदाता पुगेका हुन् ।
सहकारीले गरे १५ अर्बभन्दा बढी कृषिमा लगानी
सहकारीले गरे १५ अर्बभन्दा बढी कृषिमा लगानी रुपन्देहीमा सञ्चालनमा रहेका सहकारीहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् । सहकारीको लगानीबाट हजारौँ युवा स्वरोजगार बनेको जिल्ला सहकारी संघ रुपन्देहीले जनाएको छ ।
प्रभुको संस्थापक शेयर सर्वसाधारणका लागि
प्रभुको संस्थापक शेयर सर्वसाधारणका लागि प्रभु बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै ६८ हजार ३९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको जनाएको छ ।
Weather Update