Shittalpati
कुमारी बैंकको मुद्दती खाता खोल्दा निःशुल्क जीवन बीमा

पाल्पा, कुमारी बैंकको मुद्दती खता खोल्ने ग्राहकले निशुल्क जीवन बीमा गर्न पाउने भएका छन् । बैंकले जीवन बीमा सुविधा सहितको कुमारी जीवन बीमा मुद्दती निक्षेप योजनामा यस्तो सेवा दिएको हो । यस योजना अन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन बीमा सुविधा निःशुल्क प्रदान गर्ने छ । ग्राहकहरुले मुद्दती रकमको २ देखि १० गुणा वृद्धि गर्नुका साथै जीवन बीमा मार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । यस योजनामा १८ देखि ५० वर्ष उमेर समुहका ग्राहकले न्यूनतम ५० हजारदेखिको मुद्दती खाता खोल्न सक्नेछन् । मुद्दती निक्षेपकर्ताले अधिकतम एक करोड रुपैयाँसम्मको जीवन बीमा सुविधा प्राप्त गर्न सक्ने छन् । ग्राहकहरुले निक्षेप अवधिसम्मका लागि जीवन बीमा सुरक्षण प्राप्त गर्नका साथै सोही अवधिमा मुद्दती रकममा दुई देखि १० गुणासम्म प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस योजनाको बीमा प्रदायक कम्पनी महालक्ष्मी लाइफ इन्सुरेन्स कम्पनी रहेको छ ।

योजनाबाट न्यूनदेखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा यस बैंक विश्वस्त रहेको छ । आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकि· इकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरू प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरूमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update