प्रभु बैंकले संस्थापक सेयर बिक्री गर्दै
पाल्पा, प्रभु बैंकका संस्थापक सेयरधनीले ५० लाख १६ हजार १ सय ९९ कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका आठजना संस्थापक सेयरधनीले सेयर बिक्री गर्न लागेका हुन् ।
यसमा २२ कात्तिकदेखि ३५ दिनभित्र आवेदन दिन सकिने बैँकले जानकारी गराएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १८० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १८० रूपैयाँलाई आधार मानेर सोभन्दा बढी मूल्य कवोल गरी आवेदन पेस गर्नुपर्नेछ । सेयर खरिद गर्न इच्छुकले २२ कात्तिकबाट प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्