Shittalpati
‘विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता’
‘विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता’ लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले पाल्पाको समग्र विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन् । मंगलबार होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाको आयोजित दोस्रो तथा तेस्रो साधारणसभाको समुद्घाटनमा मन्त्री रानाले पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका हुन् ।
दराज मल फेस्ट अभियान
दराज मल फेस्ट अभियान नेपालको अग्रणी अनलाइन बजार, दराजले साउन ३० देखि दराज मल फेस्ट अभियान सुरु गरेको छ । यस अभियानले दराज मल मार्फत दराजका ग्राहकहरूलाई अद्वितीय र प्रिमियम सपिङ अनुभव प्रदान गर्ने जनाइएको छ । अभियानको मुख्य विशेषताहरूमा एड टु कार्ट एण्ड विन, रु. ७ हजार सम्मको भउचरहरू, ब्रान्ड अफ द डे,...
राष्ट्र बैंकले खरिद गर्यो साढे ६ अर्बको ट्रेजरी बिल
राष्ट्र बैंकले खरिद गर्यो साढे ६ अर्बको ट्रेजरी बिल राष्ट्र बैंकले साढे ६ अर्बको ट्रेजरी बिल खरिद गरेको छ । बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिलको उच्च ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंक आफैंले ट्रेजरी बिल खरिद गरेको हो ।
धार्मिक क्षेत्रमा माछापुच्छ्रेको क्यूआर कोड
धार्मिक क्षेत्रमा माछापुच्छ्रेको क्यूआर कोड माछापुच्छ्रे बैंकले धार्मिक क्षेत्रमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल आर्थिक विकास गर्ने गरी धार्मिक क्षेत्रमा क्यूआर कोड सञ्चालनमा ल्याएको हो । उसले पोखरास्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालय क्षेत्र विकासमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।
सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुला
सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन खुला सानिमा बैंकले शैक्षिक छात्रवृत्तिको आवेदन खुला गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई वहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
एनसेलको ‘सही यो ! पावर सिम’
एनसेलको ‘सही यो ! पावर सिम’ एनसेल आजियाटा लिमिटेडले युवा लक्षित ‘सही यो ! पावर सिम’ फेरि सञ्चालनमा ल्याएको छ । इन्स्टाग्राम, माईफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँचका साथै आकर्षक बण्डल सेवा यसको प्रमुख विशेषता हो । एनसेलका अनुसार सोमबार (साउन २३) बाटै ग्राहकले करसहित ९७ रुपैयाँमा यो सिम लिन सक्ने छन् ।
पिपुल्स पावरले आईपीओ निष्कासन गर्दै
पिपुल्स पावरले आईपीओ निष्कासन गर्दै पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि आईपीयो निष्कासन गर्न थालेको छ । कम्पनीले ३१ साउनदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको जनाएको छ ।
मेगा बैंकले दियो अनाथ बालिबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री
मेगा बैंकले दियो अनाथ बालिबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशले अनाथ/बेसहारा बालबालिकाहरुका लागि खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत तानसेनमा रहेको अभियान नेपालको सिलोम आवसीय बाल गृहमा रहेका बालबालिकाहरुका लागि खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको हो ।
बैंकहरूले निक्षेपको ब्याजदर नबढाउने
बैंकहरूले निक्षेपको ब्याजदर नबढाउने बैंकहरू तत्काल निक्षेपको ब्याजदर वृद्धि नगर्ने पक्षमा देखिएका छन् । राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनको लागि निर्देशिका जारी गर्दै निक्षेपको ब्याजदर बढाउनुपर्ने बताए पनि बैंकहरु तत्काल व्याजदर नबढाउने पक्षमा देखिएका हुन् । नेपाल बैंकर्स संघले तत्काल निक्षेपको ब्याजदर नबढाउने बताएको छ ।
ब्याजदर बढाउन बैंकहरुलाई बाटो खुला
ब्याजदर बढाउन बैंकहरुलाई बाटो खुला बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ब्याजदर बढाउन बाटो खुलेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको घोषणा कार्यान्वयनका लागि निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले तत्काल ब्याजदर बढाउन सक्ने बाटो खुला गरेको हो ।
ज्ञानेन्द्र अटो वक्र्सको व्यवसायिक फड्को : वक्र्स, मोटरसाइकल,स्कुटरदेखि जेसीबीसम्म
ज्ञानेन्द्र अटो वक्र्सको व्यवसायिक फड्को : वक्र्स, मोटरसाइकल,स्कुटरदेखि जेसीबीसम्म तानसेनको भिमसेनटोलमा अटो वक्र्स, मोटरसाईकल र स्कुटरको व्यवसायिक विक्री वितरण गर्दै आएको ज्ञानेन्द्र अटो वक्र्सले व्यवसायिक फड्को मारेको छ । तत्कालिन समयमा पाल्पा सहित लुम्बिनी अञ्चललाई केन्द्रीत गरी अटो वक्र्स सञ्चालन गरेको ज्ञानेन्द्र अटोले अहिले व्यवसायिक फड्को मारेको हो । विगत ३५ वर्ष अघि ज्ञानेन्द्र काजी शाक्यले अटो वक्र्सका रुपमा...
ग्लोबल बैंकको ‘छात्रालाई छात्रवृत्ति’ कार्यक्रम
ग्लोबल बैंकको ‘छात्रालाई छात्रवृत्ति’ कार्यक्रम ग्लोबल आईएमई बैंक लिमटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ । बैंकले गत वर्ष आफ्नो १५ औं वार्षिक उत्सवका अवसरमा ‘छात्रालाई छात्रवृत्ति’ कार्यक्रम घोषणा गरेको थियो । सोही अनुरुप बैंकले उक्त कार्यक्रमलाई अगाडि बढाएको छ ।
Weather Update