Shittalpati
एनसेलको प्याकेजसँगै चुनावी अपडेट

पाल्पा, एनसेल आजियाटा लिमिटेडका ग्राकले अब प्याकसँगै चुनावी अपडेट लिन सक्ने भएका छन् । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले ल्याएको निर्वाचन लक्षित प्याकेजको उपयोग गरी ग्राहकले चुनावी अपडेट लिन सक्नेछन् । एनसेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा ग्राहकले अपडेट लिन सकुन् भन्ने उद्देश्यले विभिन्न डेटा र भ्वाइस प्याक सार्वजनिक गरेको छ । आफूले प्रदान गरेको प्याकले ग्राहकहरुलाई सञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने र यसले सेवा सहज र सुलभ हुने उल्लेख गरेको छ । आफ्ना सञ्चार सेवाका आवश्यकताका आधारमा, ग्राहकले दैनिक, साप्ताहिक वा मासिक प्याक छान्न सक्ने भएका छन् ।

ग्राहकले कर सहित ४८ मा २४ घन्टा अर्थात् १ दिनसम्म अनलिमिटेड डेटा र नेपालको सबै नेटवर्क पठाउन मिल्ने ४० अल नेट एसएमएस प्याक लिन सक्ने समेत एनसेलले जनाएको छ । ग्राहकले ‘एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २५ ह्यास’ डायल गरी यो प्याक लिन सक्ने भएका छन् । डेटा सेवामा, ग्राहकले डबल मजा प्याकमा अन्तर्गत ७ दिनको समयसीमा रहेको ५ जीबी डेटा र १ जीबी नाइट डेटा प्रयोग गर्न सक्ने समेत कम्पनीले जनाएको छ । ग्राहकले ‘एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २२ ह्यास’ डायल गरी यो प्याक सुचारु गर्न सक्ने भएका छन् । डबल मजा प्याक खरिद गर्ने ग्राहकले सोही प्याक पुनः खरिद गर्दा दोब्बर डेटा भोल्युम प्राप्त गरी डबल फाइदा लिन सक्ने कम्पनीको भनाइ छ । यसको अर्थ ग्राहकले ५ जीबीको प्याक फेरि किन्दा १० जीबी डेटा प्राप्त गर्छन् ।

यसैगरी २९ रुपैयाँमा ग्राहकले एक दिने १ जीबी अल टाइम डेटा र १०० एमबी (बोनस) डेटा प्याक प्राप्त गर्न सक्छन् । ग्राहकले ‘एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २६ ह्यास’ डायल गरी यो प्याक लिन सक्छन् । भ्वाइस सेवा अन्तर्गत ग्राहकले अल नेपाल भ्वाइस प्याक प्रयोग गरी कुनै पनि नेटवर्कमा सुलभ दरमा कल गर्न सक्ने कम्पनीको भनाइ छ । ग्राहकले यो प्याकमा रहेको ५ सय मिनेट अल नेट कल मात्र २ सय ६५ रुपैयाँमा सुचारु गर्न सक्ने भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update