Shittalpati
नेप्से २१ अंकले बढ्यो

पाल्पा, सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक २१ अंक बढिले बढेको छ । कारोबारको अन्तिम समयमा आएर सेयर बजारको परिसूचक नेप्से २१.२६ अंकले बढेको हो ।
नेप्से बढेसँगै सेयर कारोबार आइतबारको तुलनामा बढेको छ । नेप्से २१.२६ अंकले बढेर १९०४.४३ विन्दुमा अडिएको छ । आइतबार ७७ करोडको कारोबार भएकोमा सोमबार ९४ करोड बढीको धितोपत्र किनबेच भयो । सेन्सेटिभ इन्डेक्स १.२१ प्रतिशतले बढेको छ । यस दिन २ सय २६ कम्पनीको २४ लाख ५२ हजार ८४ कित्ता सेयर ९४ करोड ६० लाख ८९ हजार ५ सय २१ रुपैयाँमा खरिदबिक्री भयो । १७ हजार ७ सय ६५ पटक सेयर कारोबार भयो । तारा गाउँ रिजेन्सीको सेयर मूल्य ९.८४ प्रतिशतले बढेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक र बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य क्रमशः८.३९ र ७.२९ प्रतिशतले वृद्धि भयो । यसदिन लक्ष्मी इक्वीटीको सेयर मूल्य ६.५८ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो । सो कम्पनीको १० करोड ९६ लाख मू्ल्य बराबरको सेयर खरिदबिक्री भयो । हिमालयन डिस्टिलरी र नगदी ग्रुुप पावर क्रमश : दोस्रो र तेस्रो स्थानमा रहे । दोहोरो अंकले बढेको सेयर बजारमा १३ वटै समूहको सूचकमा हरियाली देखिएको छ । यसदिन मनु एन्ड प्रोको सूचक सर्वाधिक ३.१३ प्रतिशतले बढ्यो । डेभलपमेन्ट बैंक, फाइनान्स, होटल एन्ड टुरिजम, हाइड्रोपावर र अदर्श समूहको सूचक २ प्रतिशत बढिले बढ्यो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update