पाल्पा, मुक्तिनाथ विकास बैंकले महिला उद्यमीहरुलाई सम्मान गरेको छ । कृषि, पशुपालन तथा स–साना उद्यम सञ्चालन गरिरहेका उत्कृष्ट २ सय ६४ जना महिला उद्यमीलाई बैंकले सम्मान गरेको हो ।
चालु आर्थिक वर्ष २०७९/८० मा आफ्नो कार्यक्षेत्र भित्रका ५० वटा स्थानहरुमा बैंकको लघु बैंकिङ कार्यक्रममा आबद्ध सदस्यलाई सम्मान गरिएको बैंकले जनाएको छ । उसले उक औपचारिक कार्यक्रमको आायेजना गरी महिला उद्यमीहरुलाई सम्मान गरेको हो । उत्कृष्ट महिला उद्यमीहरुलाई सम्मान तथा उनीहरुलाई आफ्नो व्यवसाय विस्तार तथा व्यवस्थापन गर्न वित्तीय ज्ञान र वित्तीय प्रणालीबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । कार्यक्रममा लघु बैंकिङ अन्तर्गत विभिन्न कृषि, पशुपालन तथा स–साना उद्यम सञ्चालन गरिरहेका उत्कृष्ट २ सय ६४ जना महिला उद्यमीलाई सम्मान गरिएको थियो । कार्यक्रममा महिला सशक्तिकरण, वित्तीय ज्ञान र देश विकासको प्रमुख आधार, कृषिमा व्यवसायिक सुधार भन्ने अभियानलाई प्राथमिकतामा राखि मुक्तिनाथ कृषि कम्पनीका अधिकारीको उपस्थितिमा स्थानीय किसानहरुको समस्या सुन्ने, समाधान गर्ने र कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकास गर्ने उपाय सिकाउने कार्य पनि भएको बैंकले जनाएको छ ।