Shittalpati
ग्लोबल र बैंक अफ काठमाण्डू गाभिदैं

पाल्पा, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा गाभिने भएका छन् । बैंकको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकबीच समान हैसियत एक आपसमा गाभिने निर्णय भएको छ । उनीहरु समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने छन् । मर्जरमा जाने निर्णय गरेका दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याड्ढन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो । बैंक अफ काठमाण्डुमा एक सय कित्ता सेयर हुनेले मर्जरपछि पनि एक सय कित्ता नै सेयर पाउने जनाइएको छ ।
सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई समेत जानकारी गराएको छ । दुवै बैंकले गत असार २ गते मर्जरमा जानका लागि सम्झौता गरेका थिए । मर्जरपछि कुल चुक्तापुँजी ३४ अर्ब ४१ करोड ९७ लाख ४७ हजार ६ सय पुग्नेछ । योसँगै बैंक पुँजीका आधारमा हालसम्मकै ठूलो बैंक बन्ने छ । मर्जरपछि यो ग्लोबल आईएमई बीओके लिमिटेडको नाममा सञ्चालनमा आउने छ । मर्जरपछि बन्ने बैंकको अध्यक्षमा हालका ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल नै रहने छन् । यस्तै, प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य (हाल ग्लोबल आईएमई बैंकका सीईओ) बन्ने सहमति दुई पक्षबीच भएको छ ।
समझदारी पत्रमा ६ महिनाभित्र मर्जर प्रक्रिया पूरा गरिने उल्लेख भए पनि ४ महिनामै एकीकृत कारोबार सुरु गर्ने तयारीमा संयुक्त मर्जर समिति जुटेको छ । समझदारी पत्रमा हस्ताक्षर गरेपछि सैद्धान्तिक सहमतिका लागि दुवै बैंक अहिले नेपाल राष्ट्र बैंक पुगिसकेका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update