Shittalpati
एसइईमा उत्कृष्ट नतिजा ल्याएको होराइजनले मनायो खुसीयाली

पाल्पा, जिल्लामा संस्थागत विद्यालयको रुपमा रहेको न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलले उत्कृष्ट नतिजा  ल्याउन सफल भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजा अनुसार यस वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।

स्कूलले चार जिपिएसहित ७६ जना विद्यार्थी उत्कृष्ट बनाउन सफल भएको छ । यो विद्यालयले जिल्लामै सबै भन्दा बढी चार जिपिए ल्याई विद्यार्थी उर्तिण गराउन सफल भएको हो । यहाँबाट तीन जनाले चार जिपिए ल्याएका छन् ।  दिया कार्की, कामना राना र निश्चल भण्डारीले चार जिपिए ल्याएका हुन् । यहाँ परीक्षा दिएका मध्ये ९१ दशमलव ५७ प्रतिशत विद्यार्थी उर्तिण भएको प्राचार्य डाँसुराम पन्तले बताए । ८३ जना विद्यार्थीले परीक्षा दिएकोमा ७६ जना विद्यार्थी उर्तिण भएका छन् ।

सोमबार विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै उत्साजनक र्‍याली समेत निकालेको छ । र्‍यालीमा विद्यार्थी, शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, अभिभावकहरुले एक आपसमा खुसी साटसाट गर्नुको साथै पञ्चेबाजा बजाउदै नाचगान सहित तानसेन नगर परिक्रमा गरेका थिए । स्कुलले विगतका बर्षदेखी नै उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापन समितिको इमान्दारिता, लगनशीलताकै कारण स्कूल जिल्लाकै उत्कृष्ट स्कुलको रुपमा नतिजा ल्याउन सफल भएको प्राचार्य पन्तले बताए । उनले भने “हामीले विगतदेखि  उत्कृष्ट नतिजा ल्याउँदै आएका छौं, यस वर्ष पनि उत्कृष्टतालाई थप वृद्धि गरेका छौं, जिल्लामा ६ जना विद्यार्थीले चार जिपिए ल्याएकोमा तीन जना त हाम्रै स्कूलका विद्यार्थी छन् ।” आगामी दिनमा पनि उत्कृष्टतालाई कायम राख्दै जाने प्रचार्य पन्तले बताए ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update