Shittalpati
मधुमेह रोकथामका उपाय खोजौं

पछिल्ला केही वर्ष यता नेपालमा मधुमेहका बिरामी बढ्दो छन् । मधुमेहलाई नेपालीमा ‘चिनी रोग’ भनिन्छ । मानिसको रगतमा चिनीको मात्रा औसतमा ६० देखि १४० सम्म साधारण मानिन्छ । यदि रगतमा चिनीको मात्रा १८० मि.ग्रा.र डि.लभन्दा बढी भएमा मृगौलाले चिनी पिसाबमा फालिदिन्छ र मृगौला बिरामी हुन सक्छ । शरीरमा चिनीको मात्रा धेरै भएर विभिन्न लक्षण देखिएमा उक्त बिरामीलाई मधुमेह भएको मानिन्छ ।

यो रोगले कुनै खास उमेर समूहलाई मात्रै सताएको छैन, सबैथरी उमेरसमूहलाई ग्रस्त पारेको छ । खानपान, शारीरिक सक्रियताको कमी, मानसिक तनाव, मोटोपनजस्ता कारणहरूले गर्दा मधुमेहको जोखिम झन् बढ्दो छ । यसलाई रोकथाम गर्ने प्रभावकारी उपायहरू अपनाइएन भने नेपालीहरूको स्वास्थ्य ठूलो जोखिममा पर्छ । बेलैमा रोकथाम आवश्यक छ । रगतमा चिनीको मात्रा असन्तुलित हुने रोग हो मधुमेह । इन्सुलिन उत्पादन शरीरमा हुन नसक्दा मधुमेहले गाँज्छ । प्यांक्रियाज ग्रन्थीले उत्पादन गर्नुपर्ने इन्सुलिन हो भन्ने चिकित्सा विज्ञानले पत्ता लगाएको छ, तर किन उत्पादन गरेन भनेर पत्ता लगाउन सकेको छैन । त्यसैले मधुमेह निको पार्ने औषधि छैन् । यस रोगबाट बच्न शरीर फुर्तिलो राख्न स्वस्थकर खाद्यान्न आवश्यक छ । चिल्लो, बोसो कम भएको खाना, कार्बोहाइडे्रट कम, कम तागतिलो खाद्यान्न आवश्यक छ । मद्यपान बन्द गर्ने एवं उच्च रक्तचाप भएका बिरामी, शरीरको तौल बढी भएको व्यक्ति र रोग लाग्ने सम्भावना भएका मानिसले विशेष ध्यान दिनुपर्छ । पर्याप्त   श्रम वा व्यायाम नगर्ने र तयारी खानेकुरा धेरै खाने अनि असन्तुलित भोजन गर्ने गर्दा मधुमेह हुन्छ । तसर्थ सबैले सबैभन्दा पहिला आफ्नो स्वास्थ्यको ख्याल आफैंले गरौं । यदि मधुमेह लागि हाले रोकथामका उपायहरु अवलम्वन गरौं । यसो गर्न सकियो भने मात्र यो रोग लाग्न र लागि हालेमा बच्न सकिन्छ ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update