माथागढीमा २ हजार ७ सय बढीले गराए मुटु परीक्षण
शनिबार, कात्तिक २७, २०७८
निस्दीमा विषादी सेवनबाट एकको मृत्यु
शनिबार, कात्तिक २७, २०७८
जिल्लाको निस्दी गाउँपालिका ३ मोहरियामा विषादी सेवनबाट एक व्यक्तिको मृत्यु भएको छ ।
लुम्बिनीलाई बालविवाहमुक्त प्रदेश बनाउने रणनीति सार्वजनिक
शनिबार, कात्तिक २७, २०७८
बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशको रणनीति–२०७८ तयार भएको छ । सरकारको दश वर्षे रणनीति कानून, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले शुक्रबार बुटवलमा एक कार्यक्रम गरी सार्वजनिक गरेको हो ।
हिमालयन बैंकद्वारा नेपालपे क्यूआर सञ्चालन
शनिबार, कात्तिक २७, २०७८
हिमालयन बैंकले नेपालपे क्यूआर सञ्चालनमा ल्याएको छ । नेशनल पेमेन्ट स्वीचमा आवद्ध भइ नेपालपे क्यूआर सञ्चालन गर्न नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरी यो सेवा सञ्चालनमा ल्याएको हो ।
कोरोना कायमै छ सचेत बनौं
शनिबार, कात्तिक २७, २०७८
दुई वर्ष अघि चिनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारेको छ ।
माथागढीमा निःशुल्क स्वास्थ्य परीक्षण, मुटु रोगी उत्साहित
शुक्रबार, कात्तिक २६, २०७८
पाल्पाको माथागढी गाउँपालिका ७ रहवासकी २७ वर्षीया विष्णु परियारमा विगत ५ वर्षअघिदेखि मुटुमा समस्या देखिएको थियो । उनको आर्थिक अवस्था निकै नै नाजुक भएकाले स्वास्थ्य परीक्षण गर्न सकेकी थिइनन् ।
तम्घासको सिद्धबाबामा शैक्षिक सामग्री प्रदर्शन
शुक्रबार, कात्तिक २६, २०७८
जिल्लाको सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री प्रदर्शन गरिएको छ । विद्यालयले विश्व विज्ञान दिवसको अवसर पारेर पुरातात्विक एवं विद्यार्थीहरुले निर्माण गरेका गणित र विज्ञानसँग सम्बन्धित शैक्षिक सामग्री प्रदर्शन गरेको हो ।
३ सय १७ संक्रमित थपिए
शुक्रबार, कात्तिक २६, २०७८
पछिल्लो २४ घण्टामा नेपालमा ३ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार ६ सय ५३ नमूना परीक्षणमा ३ सय १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।
इन्धनको मूल्य फेरी बढ्यो
शुक्रबार, कात्तिक २६, २०७८
नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।
अमर नारायण मन्दिरको सरसफाइ
शुक्रबार, कात्तिक २६, २०७८
तासेनमा रहेको ऐतिहासिक अमर नारायण मन्दिरको सरसफाइ गरिएको छ । मन्दिरको छानामा उम्रिएको झार उखेल्नुको साथै मन्दिर परिसरको सरसफाइ गरिएको हो ।
पाल्पा र गुल्मीमा ७ सय ९० गणक परिचालन
शुक्रबार, कात्तिक २६, २०७८
पाल्पा र गुल्मीमा ७ सय ९० गणक परिचालन गरिएको छ । बिहीबारदेखि सञ्चालन भएको १२ औँ राष्ट्रिय जनगणनाका लागि दुई जिल्लामा ७ सय ९० गणक परिचालन गरिएको हो ।
प्रविधितर्फ किसान आकर्षित
शुक्रबार, कात्तिक २६, २०७८
रम्भा गाउँपालिका १ सघाहाका अगुवा किसान ऋषिराम अर्यालले विगत पाँच वर्षदेखि प्रविधि (थ्रेसर) को प्रयोग गरी धानबाली स्याहार्दै आएका छन् । धान झाट्ने र दाही हाल्ने काम एकै पटकमा हुने भएपछि ‘थ्रेसर मेसिन’बाट धान स्याहार्ने कार्यमा कृषकको आकर्षण बढेको उनी बताउन्छन् ।


