Shittalpati
ट्रयाक्टर पल्टिंदा दुईको मृत्यु

कपिलवस्तु, कपिलवस्तुमा ट्रयाक्टर पल्टिंदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–३ रनगाईमा लु ४ त २४०२ नंको ट्रयाक्टर मंगलबार बिहान दुर्घटना भएको थियो ।

बालुवा लोड गर्न मजदुर लिएर हिँडेको ट्रयाक्टर सडकदेखि करिब २० मिटर तल खसेको थियो । मृत्यु हुनेमा स्थानीयवासी ४८ वर्षीया शिवकुमारी थारू र १६ वर्षीया फुलकुमारी थारू रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । यसैगरी, घाइते हुनेमा बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू रहेका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण ट्रयाक्टर दुर्घटना भएको हुन सक्ने इलाका प्रहरी कार्यालय गोरुसिङ्गे प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update