पाल्पा, राष्ट्रियसभाको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धन र एमालेले उम्मेदवारहरुको उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनतर्फ नेपाली काँग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)बाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट रुपन्देहीका तुलप्रसाद बिश्वकर्माले उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेबाट दाङका रामदयाल गुप्ता, महिलाबाट भारती खनाल र दलितबाट कृष्णबहादुर सुनारले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालयमा उनीहरू उम्मेदवारी दिन नेता कार्यकतासहित पुगेका थिए ।
लुम्बिनी प्रदेशमा महिला, दलित र अन्य समुदाय गरी तीन रिक्त पदका लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ १२ गते हुँदैछ । लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८१ र स्थानीय तहका प्रमुख/उपप्रमुख २ सय १५ गरी २ सय ९६ मतदाता छन् ।