पाल्पा, सूर्या लाइफ इन्स्योरेन्सका वरिष्ठ एजेन्सी म्यानेजर कमल घिमिरे एक घण्टामै एमडिआरटी बनेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ अमलाबास निवासी घिमिरे सन् २०२३ को लागि पहिलो कारोबार दिई दिनको पहिलो एक घण्टामै एमडिआरटी बन्न सफल भएका हुन् ।
उनले सन् २०२२ मा कम्पनीको कार्यालय खुलेको पहिलो दिनको पहिलो घण्टामै प्रथम बीमा शुल्क आर्जन गरी एमडिआरटी बन्न योग्य भएको म्पनीले जनाएको छ । घिमिरेले पहिलो दिनमै ३८ लाख भन्दा बढीको व्यवसाय सहित सन् २०२३ को लागि एमडिआरटीको छनौटमा पर्न सफल भएका हुन् ।
सन् २०२३ को एमडिआरटीका लागि सन् २०२२ भित्रमा टार्गेट पुरा गरिसक्नु पर्छ । सोहि अनुसार उनले सो टार्गेट पुरा गरेका हुन् । सम्भवतः नेपालको बीमा क्षेत्रमा यो पहिलो रेकर्ड कायम भएको हुन सक्ने कम्पनीका सहायक महाप्रबन्धक किरण गौतमले बताए । घिमिरेले सन् २०२२ मा कम्पनीको कार्यालय खुलेको पहिलो दिनको पहिलो घण्टामै प्रथम बीमा शुल्क आर्जन गरी बुटवल शाखामार्फत एमडिआरटी बन्न योग्य भएको बुटवल शाखा प्रमुख खेम थापाले बताए । पहिलो घण्टामै एमडिआरटीको लागि योग्य भएको भन्दै कम्पनीले घिमिरेलाई बधाईसँगै थप सफलताको शुभकामना दिएको छ । घिमिरेलाई टिओटीमा सफलता प्राप्त गर्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले विशेष शुभकामना समेत दिएका छन् । नेपालमा २०७६ सालदेखि एमडिआरटीका लागि अभिकर्ताहरुले प्रयास गरिरहेका छन् । टार्गेट पुरा गरेर यसको सम्मेलनमा जानका लागि उनीहरुको आकर्षण देखिएको हो ।