Shittalpati
ग्याँस विक्रेता महासंघ लुम्बिनीको अधिवेशन, अध्यक्षमा गैरे

पाल्पा, ग्याँस विक्रेता महासंघ लुम्बिनी प्रदेशको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन भएको छ । महासंघको पाल्पाको तानसेनमा साधारण सभा तथा अधिवेशन भएको हो ।

अधिवेशनले रामप्रसाद गैरेको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा नारायण नेपाल, उपाध्यक्षहरुमा राजेन्द्र बहादुर बज्राचार्य, सचिन पौडेल, महासचिवमा हरि अधिकारी चयन भएका छन् । त्यस्तै सचिवमा इन्द्र कुमार श्रेष्ठ, कोषाध्यक्षमा लालमणी भट्टराई, सहसचिवमा मञ्जु रेग्मी चयन भएको महासंघका नवनिर्वाचित सदस्य विष्णुबहादुर जिसीले बताए । नवर्निवाचित पदाधिकारीहरुलाई महासंघका सचिव लालबहादुर केसीले शपथ ग्रहण गराएका थिए । अधिवेशनको लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले उद्घाटन गरेका हुन् । अधिवेशनको उद्घाटन गर्दै मन्त्री शाहीले उद्योगी, व्यवसायीहरुको हितमा प्रदेश सकार सधै लागि परेको बताए । उनले ग्याँस विक्रेता महासंघको समस्याप्रति पनि प्रदेश सरकार गम्भीर भएर लागेको बताउँदै सशक्त भएर अगाडि बढ्न महासंघलाई आग्रह गरे । कार्यक्रममा विशिष्ट अतिथि तानसेन नगरपालिका नगरप्रमुख अशोककुमार शाहीले जिल्लाका ग्याँस व्यवसायीहरुमा देखा परेका समस्या समाधानमा स्थानीय सरकारले ध्यान दिने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, ग्याँस विक्रेता महासंघ नेपालका निवर्तमान अध्यक्ष महेश्वर कुमार श्रेष्ठ, पाल्पा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष यादवसिं कार्की, पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जिवी पोखरेल, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष माधव नेपाल, ग्याँस विक्रेता महासंघ नेपालका उपाध्यक्ष अर्जुन खत्री, निर्वाचन अधिकृत सुशिल प्रधान, प्रदेश उद्योग प्रतिनिधि देवी पौड्याल, ग्याँस प्रतिनिधि तथा महासंघ रुपन्देही उपशाखाका अध्यक्ष राममिलान यादव लगायतले आ आफ्ना धारणा राखेका थिए । सोही अवसरमा रामप्रसाद गैरेले अध्यक्षको प्रतिवेदन, नरायण नेपालले महासचिव र हरी अधिकारीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । पाल्पा ग्याँस डिलर्स संघको सह आयोजनामा कार्यक्रम भएको थियो । रामप्रसाद गैरेको अध्यक्षता, राजेन्द्रबहादुर बज्राचार्यको स्वागत, नारायण नेपालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update