Shittalpati
राजस्व संकलनमा कमी

भैरहवा, जिल्ला ट्राफिक कार्यालय रुपन्देहीको राजस्व असुलीमा कमी आएको छ । कार्यालयले अत्यधिक भार बोक्दै आएका ट्रक चालकलाई कारवाही गरेबापतको राजस्व घट्दो क्रममा छ । आर्थिक वर्ष २०७८/७९ को साउनदेखि जेठसम्मको तथ्याड्ढ हेर्दा औषतमा प्रत्येक महिना ट्राफिक राजस्व घट्दो देखिएको हो ।

गत वैशाखको तुलनामा जेठमा २२ हजार राजस्व संकलनमा कमी आएको कार्यालयले जनाएको छ । जेठमा कार्यालयले ५३ लाख २५ हजार राजस्व संकलन गरेको थियो । गत वैशाखमा ५३ लाख ४८ हजार राजस्व संकलन भएको थियो । सवारीसाधनका चालकलाई गरिने कारवाहीको संख्यामा पनि कमी आएको छ । गत चैतमा ६ हजार ७ सय ५० चालकलाई कारवाही गरिएको थियो भने वैशाखमा पाँच हजार ४ सय ६९ सवारी चालकलाई कारवाही गरिएको कार्यालयको तथ्याड्ढमा उल्लेख छ । कार्यालयले जेठमा पाँच हजार ४ सय ३१ सवारीसाधनका चालकलाई कारवाही गरेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए । ट्राफिक नियम उल्लघन गर्नेमा ट्रक चालक र मोटरसाइकल चालक बढी छन् । चालु आवको जेठ महिनासम्म ५२ हजार ३ सय ७ ट्रक चालक र दुई हजार ९ सय ७५ मोटरसाइकल चालक कारवाहीमा परेका थिए । –रासस

प्रकाशित मिति: शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update