पाल्पा, एनसेल आजियाटा लिमिटेडले आकर्षक प्याक ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै आर्कषक प्याक ल्याएको हो ।
उसले आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएको छ । यस अफरले ग्राहकलाई १ सय २५ रुपैयाँ पर्ने डेटा प्याक पुनः खरिद गरी आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन प्रोत्साहन गर्दछ । एनसेलका अनुसार ग्राहकले ७ दिनको समयसीमा रहेको ५ जीबी डेटा करसहित १ सय २५ रुपैयाँमा खरिद गर्छन् र प्याकको समय सीमा सकिनु भन्दा पहिले नै सो प्याक पुनः खरिद गर्दछन् भने उही शुल्कमा अब ५ जीबीको सट्टामा १० जीबी डेटा प्राप्त गर्ने छन् । यो अफर २४ असारदेखि सञ्चालनमा आएको छ । समयावधि सकिनु अघि नै नयाँ प्याक लिएमा डेटा भोल्युम र समयावधि दुवै सोही अनुसार थपिंदै जाने यस अफरको विषेशता भएको एनसेलको भनाइ छ । उदाहरणका लागि यदि कुनै ग्राहकले प्याक खरिद गरेको तीन दिनपछि सोही प्याक पुन खरिद गरेमा नयाँ १० जीबी उसको बाँकी डेटा भोल्युममा जोडिन्छ र समयसीमा पनि बाँकी रहेको ४ दिन सहित ११ दिन हुन्छ । प्याक आवश्यकता अनुसार जति पटक पनि पुनः खरिद गर्न सकिने छ भने कुल अधिकतम समयसीमा २८ दिन रहने छ ।
एनसेलका ग्राहकले एस्ट्रिक १७१२३ एस्ट्रिक्स २२ ह्यास डायल गरी यो प्याक सजिलै सुचारु गर्न सक्छन् । ग्राहकले एनसेल एप, एनसेलको वेभसाइट र इसेवा, खल्ती, आइएमइपे जस्ता वालेटबाट पनि यो प्याक खरिद गर्न सक्छन् । यो अफर अन्तर्गत ल्याइएको प्याकले सुलभ दरमा डेटा सेवाको पहुँच प्रदान गदै ग्राहकलाई मुल्य प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।