पाल्पा, लुम्बिनी विकास बैंक लिमिटेडले कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ । बैंकको लोगो अंकित ब्यानरसहित २६ औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथा चुचुरोमा पुगेर आफ्नो नाम पुनः गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखाउन सफल भएका पर्वतारोही शेर्पालाई सम्मान गरेको हो ।
बैंकले आफ्नो १५ औं बार्षिकोत्सवको अवसरमा कीर्तिमानी सम्मान गरेको जनाएको छ । बैंकका अध्यक्ष दशरथ रिसालले बैंकको केन्द्रीय कार्यालयमा एक समारोहकाबीच सम्मान–पत्र प्रदान गरेका थिए । शेर्पा विगत दुई दशकदेखि लुम्बिनी विकास बैंकमा ‘निरन्तर सहयात्री’ का रूपमा आवद्घ रहेको बैंकले जनाएको छ । यो कीर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि भएको पर्वतारोही शेर्पाले लबताए । उनको यस साहसिक कार्यले बैंकका साथै सम्पूर्ण नेपाल तथा नेपालीलाई गौरवान्वित बनाएको छ । हाल बैंकले ७ वटै प्रदेशमा ८६ वटा शाखामार्फत कारोबार गर्दै आएको छ । बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम् प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । आफ्ना ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा ‘मासिक’ रूपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको जनाएको छ । बैंकले ग्राहकलाई उच्चस्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले आफ्ना ग्राहकलाई निःशुल्क डेबिट/एटीएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका जुनसुकै भिसा नेटवर्क भएका एटीएमबाट रकम झिक्दा अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको जनाएको छ ।