पाल्पा, प्रभु बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै ६८ हजार ३९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको जनाएको छ । यसअघि विद्यमान संस्थापक सेयरधनीहरूमा बिक्रीको आह्वान गर्दा आवेदन नपरेकाले सर्वसाधारणमा यो सेयर जारी गरिएको जानकारी दिएको हो । बैंकले शंकरलाल अग्रवालको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागेको हो । यो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनी बाहेकका व्यक्ति तथा संस्थाहरूले आगामी १५ दिनभित्र निवेदन दिन बैंकले भनेको छ ।
अल्फा हेल्थ केयरमा छुट पाउन
प्रभु बैंकका ग्राहकले अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टरको सबै प्रयोगशाला परीक्षणमा १५ प्रतिशत छुट पाउने भएका छन् । छुट प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा बैंकका मानव संशाधन विभागका प्रमुख रमेश थापा र अल्फा हेल्थ केयरका वरिष्ठ मार्केटिङ कार्यकारी अधिकृत अस्मिता पराजुलीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोलेर बैंकिङ कारोबार गरिरहेका सबैले छुट पाउने बैंकले जनाएको छ । साथै डाक्टरको थप परामर्श चाहिएमा र डाक्टरको सुझाव अनुसार गरिने प्रयोगशाला परीक्षण सेवामा १५ प्रतिशत छुट पाउने बताइएको छ । प्रभु बैंकका ग्राहकले ५ प्रतिशत छुट फार्मेसीबाट पाउने बैंकले जनाएको छ । यसका साथै दुई हजार रुपैयाँभन्दा बढीको औषधि खरिद गरेवापत ९५ किमिको दूरीसम्म निःशुल्क डेलिभरीको व्यवस्था रहने बताइएको छ ।