Shittalpati
आइपिओ जारी गर्दै नेष्डो समृद्ध लघुवित्त
आइपिओ जारी गर्दै नेष्डो समृद्ध लघुवित्त नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि यही फागुन ११ गतेदेखि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय अड्ढित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७ सय ५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गर्ने लागेको हो ।
विदेशमा मृत्यु भएकाको परिवारलाई सहयोग
विदेशमा मृत्यु भएकाको परिवारलाई सहयोग वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक संकलन गरी हस्तान्तरण गरिएको छ ।
गुल्मी सहित चार जिल्लामा मेगा बैंकको सेवा विस्तार
गुल्मी सहित चार जिल्लामा मेगा बैंकको सेवा विस्तार मेगा बैंक नेपाल लिमिटेडले गुल्मी सहित चार जिल्लामा थप सेवा विस्तार गरेको छ । उसले बैंकिङ सेवा नपुगेका चार वटा जिल्लाका पाँच स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो । बैंकले भोजपुरको पौवादुम्मा गाउँपालिका–३, सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५, गुल्मीको मुसिकोट नगरपालिका–५ देउराली, कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र कृष्णपुर नगरपालिका–२ स्थित बाङकामा शाखारहित...
ग्लोबल बैंकको ‘भ्यालेन्टाइन्स’ अफर
ग्लोबल बैंकको ‘भ्यालेन्टाइन्स’ अफर ग्लोबल आईएमई बैंकले ‘भ्यालेन्टाइन्स डे’ अफर ल्याएको छ । उसले आफ्ना ग्राहकहरुका लागि क्यूआर कोडमार्फत गरिने झुक्तानीमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने गरी योजना ल्याएको हो ।
निर्धन उत्थान लघुवित्तको नाफा बढ्यो
निर्धन उत्थान लघुवित्तको नाफा बढ्यो नेपालको वित्तिय क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । संस्थाको गत आवको दोस्रो त्रैमासिकको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा ८ दशमलव ६ गुणाले बढेको हो ।
कुसुम बहुउद्देयीय सहकारीले मनायो वार्षिक उत्सव
कुसुम बहुउद्देयीय सहकारीले मनायो वार्षिक उत्सव वित्तीय कारोबार गर्दै आएको कुसुम बहुउद्देयीय सहकारी संस्था लिमिटेड तानसेनले प्रथम वार्षिक उत्सव मनाएको छ । सहकारीले तानसेनमा बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।
एनआइबीएलले ल्यायो गज्जब ६ मुद्दती खाता
एनआइबीएलले ल्यायो गज्जब ६ मुद्दती खाता नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि ‘एनआइबीएल गज्जब ६ मुद्दती खाता’ योजना सञ्चालनमा ल्याएको छ । आफ्नो स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा बैंकले एनआइबीएल गज्जब ६ मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।
आइपिओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त
आइपिओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अड्ढित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को विक्री खुला गर्ने लागेको हो ।
विकास ऋणपत्र विक्री गर्दै नेपाल राष्ट्र बैंक
विकास ऋणपत्र विक्री गर्दै नेपाल राष्ट्र बैंक राष्ट्र बैंकले साढे ९ अर्बको विकास ऋणपत्र विक्री गर्ने भएको छ । चालु आर्थिक वर्षमा सरकारी लक्ष्यअनुसार आन्तरिक ऋण उठाउने क्रममा फेरि २ वर्षे विकास ऋणपत्र विक्री गर्न लागेको हो । ‘विकास ऋणपत्र २०७८’ (च) नाम दिइएको उक्त ऋणपत्र मंगलबार बोलकबोल हुनेछ र भोलिपल्ट बुधबार विक्री हुने राष्ट्र बैंकको सूचनामा...
जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुल्यो
जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुल्यो जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय अङ्कित मूल्यमा पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको हो ।
सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी
सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई ६९ करोड दाबी भुक्तानी गरेको छ । कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई ५६ करोड ५२ लाख ६१ हजार ४ सय १९ दाबी भुक्तानी गरेको हो ।
क्यासिनो कम्पनीको ८७ करोडभन्दा बढी बक्यौता
क्यासिनो कम्पनीको ८७ करोडभन्दा बढी बक्यौता सरकारले लामो समयसम्म क्यासिनोको रोयल्टी तथा नवीकरण बापतको बाँकी बक्यौता नतिर्ने सात क्यासिनो कम्पनीलाई बक्यौता बुझाउन सातदिने अल्टिमेटम दिएको छ ।
Weather Update