नेप्से परिसूचकको पहिरो जारी
शनिबार, असार ४, २०७९
ग्लोबल र बैंक अफ काठमाण्डू गाभिने
शुक्रबार, असार ३, २०७९
ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू बैंक एक आपसमा गाभिने भएका छन् । गाभिनका लागि दुवै बैंकले बिहीबार समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । दुवै बैंक समान सेयर अनुपात (१ः१) मा गाभिन लागेका हुन् ।
युरिया मल ल्याउँदै साल्ट ट्रेडिङ
बुधबार, असार १, २०७९
देशभर रासयनिक मलको अभाव भएका समाचार आइरहेका बेला साल्ट ट्रेडिङ कर्पोरेसनले भने मल ल्याउन धमाधम काम थालेको छ । एक लाख मेट्रिक टन ल्याउन सरकारबाट स्वीकृति पाएको कर्पोरेसनले केही मल ल्याई सकेको र केही मल असार पहिलो हप्ता ल्याउने गरी काम अगाडि बढाएको जनाएको छ ।
किसानलाई बीउ वितरण
मंगलबार, जेठ ३१, २०७९
उत्पादन बढाउन पाल्पा रामपुरका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । चालु आर्थिक वर्षमा संघीय सरकारको सशर्त अनुदानबमोजिम उन्नत जातमा अनुदान दिने कार्यक्रमअनुसार किसानको मागका आधारमा सावित्री र साँवा मन्सुली जातको बीउ वितरण गरिएको हो ।
नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक गाभिने
सोमबार, जेठ ३०, २०७९
पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थाहरु एक आपसमा गाभिने क्रम बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरुको मर्जर/एक्वीजिसन नीति ल्याएसँगै गाभिने क्रम बढेको हो । यसैबिचमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडले पनि एक आपसमा...
रैनादेवी छहराका किसानलाई अनुदानमा हाते ट्याक्टर
आइतबार, जेठ २९, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका किसानलाई अनुदानमा हाते ट्याक्टर दिइएको छ । गाउँ सरकारले यहाँका किसानहरुको कृषि उत्पादन बढाई आत्मनिर्भर बनाउने उद्देश्यले हाते ट्याक्टर दिएको हो । गाउँपालिका भित्रका ७१ जना किसानले हाते ट्याक्टर अनुदानमा पाएका छन् ।
इन्धनको मूल्य फेरि बढ्यो
शनिबार, जेठ २८, २०७९
नेपाल आयल निगमले फेरि इन्धनको भाउ बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाएको हो ।
बजेट कार्यान्वयनमा कठिन : पूर्वगभर्नर नेपाल
शनिबार, जेठ २८, २०७९
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्ष ०७९÷८० को बजेट कार्यान्वयनमा कठिन रहेको बताएका छन् ।
शुक्रबार पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको वर्तमान आर्थिक अवस्था र बजेट विषयक छलफल कार्यक्रममा पूर्वगभर्नर नेपालले बजेका उद्देश्यहरु राम्रा भए पनि कार्यान्वयनमा कठिन रहेको बताएका हुन् ।
लुम्बिनी जनरलको आवेदन समय आज सकिदै
शुक्रबार, जेठ २७, २०७९
कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने समय आज सकिन लागेको छ । बैंकले उक्त इन्स्योरेन्स कम्पनीको १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक शेयर जेठ १३ गतेदेखि लिलामीमा ल्याएको थियो । उक्त समय शुक्रबार सकिन लागेको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने
बुधबार, जेठ २५, २०७९
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने भएको छ । हिमालयन बैंकसँग मर्जर भाँडिएसँगै अर्को पार्टनर खोजेको इन्भेष्टमेन्ट बैंकले मेगा बैंकसँग मर्जर हुने करिब पक्का भएको हो
शाइन रेसुङ्गा बैंकको तौलिहवामा नयाँ शाखा
मंगलबार, जेठ २४, २०७९
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले सबै क्षेत्रका नागरिक समक्ष आफ्नो सेवा पुर्याउने उद्देश्य राखेर कपिलवस्तुको तौलिहवामा नयाँ शाखा विस्तार गरेको हो । शाखाको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले एक औपचारिक कार्यक्रमका बिच उद्घाट गरेका छन् ।
कालीगण्डकीको बिजुली भारत निर्यात गर्न थालियो
आइतबार, जेठ २२, २०७९
कालीगण्डकीको विजुली भारत निर्यात गर्न थालिएको छ । नेपाल सरकारले शनिबार रातिदेखि कालीगण्डकी आयोजनाको १४० मेगावाट बिजुली भारत निर्यात गर्ने थालेको हो । यसअघि त्रिशूली आयोजनाबाट उत्पादित २३.२ र देवीघाटको १४.५ मेगावाट विद्युत् मात्रै भारत निर्यात भइरहेको थियो । अब त्रिशुली र देवीघाट जलविद्युत आयोजनाबाट ३७.७ मेगावाट र कालीगण्डकी जलविद्युत...
पाल्पा र गुल्मीका पालिकालाई आठ अर्ब ३२ करोड बढीको बजेट
आइतबार, जेठ २२, २०७९
आगामी आर्थिक वर्ष ०७९/८० का लागि संघीय सरकारले सार्वजनिक गरेको बजेट अनुसार पाल्पा र गुल्मीका स्थानीय तहहरूलाई आठ अर्ब ३२ करोड भन्दा बढी बजेट प्राप्त हुने भएको छ । दुई जिल्लाका २२ स्थानीय तहहरूलाई आठ अर्ब ३२ करोड २७ लाख रूपैयाँ विनियोजन गरिएको छ । चालू आर्थिक वर्ष ०७८/७९ का...


