Shittalpati
हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट हुँदै

पाल्पा, हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट आज हुँदै छ । कम्पनीले आज बिहान आफ्नै कार्यालयमा आईपीओको अन्तिम बाँडफाँट गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणका लागि १९ लाख ६८ हजार २ सय ५० कित्ता शेयर वितरण गर्न लागेको छ । सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३ सय ६५ कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ९८ हजार ४ सय १३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको कम्पनीले जनाएको छ । यीबाहेक सार्वजनिक निष्कासनमार्फत विक्री गरेको १८ लाख ३० हजार ४सय ७२ कित्ता शेयरको बाँडफाँट मंगलवार हुने भएको हो । कम्पनीले सर्वसाधारणमा असार १५ गतेदेखि असार १९ गतेसम्मसम्म सार्वजनिक निष्कासनमार्फत आईपीओ विक्री गरेको थियो । यस कम्पनीको आईपीओ खरीदका लागि १० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी १६ लाख २६ हजार ३ सय ४० जनाबाट १ करोड ८४ लाख १९ हजार ९ सय ८० कित्ता शेयर खरीदको माग भएको हो । कम्पनीको आईपीओ १ लाख ८३ हजार ४७ जनाले १० कित्ताका दरले हात पार्ने छन् । यीमध्ये थप दुई जनाले एक÷एक कित्ताका दरले शेयर पाउने देखिन्छ । यसरी हेर्दा कम्पनीको आईपीओ बढी पाउनेले ११ कित्तासम्म हात पार्नेछन् ।

 

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update