आगलागी पीडितलाई राहत
सोमबार, वैशाख २४, २०८१

स्याङ्जामा डढेलोले दुई हजार हेक्टर वन क्षेत्रमा क्षति
सोमबार, वैशाख २४, २०८१
डढेलोले स्याङ्जामा झण्डै दुई हजार हेक्टर वन क्षेत्रमा क्षति भएको छ । जिल्लाका विभिन्न ११ स्थानीय तहमा रहेका एक सय १३ वनमा आगलागी हुँदा एक हजार आठ सय ६१ हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालय स्याङ्जाका सूचना अधिकारी अमरबहादुर पराजुलीले जानकारी दिए ।

नेपालीको औसत आयु ७१.३ वर्ष
आइतबार, वैशाख २३, २०८१
नेपालीको औसत बढेको छ । यस अघिको तुलनामा औसत आयु बढेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नेपालीको औसत आयु बढेर ७१.३ वर्ष पुगेको हो ।

रोटरी क्लव अफ रेसुङ्गाले दियो आगलागी पीडितलाई राहत सामग्री
आइतबार, वैशाख २३, २०८१
मानव सेवामा सक्रिय रहेको रोटरी क्लव अफ रेसुङ्गा गुल्मीले आगलागी पीडितलाई राहत सामग्री वितरण गरेको छ । क्लवले जिल्लाका विभिन्न स्थानमा आगलागीबाट घरगोठ जलेर घरबारविहिन भएका नागरिकलाई आवश्यक राहत सामग्री वितरण गरेको हो ।

आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी हुँदै
शनिबार, वैशाख २२, २०८१
लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने भएको छ ।

लायन्स क्लब श्रीनगर र रानीमहलद्वारा पूर्वाखोलाका आगलागी पीडितलाई राहत
शुक्रबार, वैशाख २१, २०८१
जिल्लाको मानवीय सेवामा क्रियाशिल रहेका लायन्स क्लव अफ श्रीनगर र रानीमहलले आगलागी पीडितलाई राहत सहयोग गरेका छन् ।

किसान महासंघ पाल्पाको तदर्थ समिति गठन
शुक्रबार, वैशाख २१, २०८१
नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघ पाल्पाको तदर्थ समिति गठन भएको छ । जगन्नाथ अर्यालको अध्यक्षतामा ३४ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
-1714716579.jpg)
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
शुक्रबार, वैशाख २१, २०८१
आज विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गरी विश्वभर दिवस मनाउन लागिएको हो ।

पाल्पामा आगलागीः बस्तीमा सल्किँदा ८१ घरगोठ जले, लाखौंको धनमाल नष्ट
शुक्रबार, वैशाख २१, २०८१
पाल्पामा आगाली भयावह बन्दै गएको छ । चैत महिनामा केही ठाउँमा मात्र लागेको आगो वैशाख लागेसँगै जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको छ । जंगलमा लागेको आगो नजिकैका वस्तीमा फैलिएपछि जिल्लाको अवस्था थप भयावह बन्दै गएको हो ।

मगर भाषा संरक्षणका लागि ‘अक्खा लिपि’ प्रशिक्षण
बिहीबार, वैशाख २०, २०८१
स्याङ्जाको वालिङमा मगर भाषा संरक्षणका लागि अक्खा लिपिका बारेमा प्रशिक्षण दिइएको छ । विशेषगरी नयाँ पुस्तालाई अक्खा लिपिका बारेमा सिकाएर भाषा तथा संस्कृतिको संरक्षणका लागि प्रशिक्षण दिइएको हो ।

सकारात्मक शिक्षा फैलाउँदै ईश्वरीय विश्व विद्यालय
बुधबार, वैशाख १९, २०८१
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रिय कार्यालय पाल्पाले सकरात्मक शिक्षा फैलाउँदै आएको छ । शान्ति, योगा, ध्यान जस्ता विषयमा ज्ञान प्रदान गर्दै आएको विद्यालयले गुल्मी र पाल्पामा रहेका आफ्ना शाखाहरुमार्फत ठाउँ–ठाउँमा सकारात्मक सोच तथा शिक्षा प्रदान गर्दै आएको हो ।

लुम्बिनी, मधेस र कोशी प्रदेशमा हुरीबतासको चेतावनी
बुधबार, वैशाख १९, २०८१
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
बुधबार, वैशाख १९, २०८१
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।