Shittalpati
कालीगण्डकी करिडोर अन्तर्गतका दुई सडक हस्तान्तरण

तानसेन (पाल्पा), कालीगण्डकी करिडोर (गैंडाकोट–राम्दी–मालढुंगा) सडक योजना पाल्पाअन्तर्गतका दुई वटा सडक हस्तान्तरण गरिएको छ । करिडोर सडक योजनाले रानीमहल–अर्गली र पिपलडाँडा–गैंडाकोट सडकखण्ड  सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको हो ।

सडक डिभिजन पाल्पा र भरतपुरलाई आ–आफ्नो क्षेत्र हस्तान्तरण गरिएको कालीगण्डकी करिडोर सडक आयोजनाका सूचना अधिकारी ई.अरुण खत्रीले बताउनुभयो । उहाँका अनुसार पिपलडाँडादेखि रामपुर हुँदै गैंडोकोटसम्मको दुरी १ सय ३१ दशमलव ७ किलोमिटर र १४ दशमलव २ किलोमिटर रानीमहल–अर्गली सडक कालोपत्रे गरी हस्तान्तरण गरिएको हो । सडक कालोपत्र गर्न भारतीय निर्माण कम्पनी इकेके इन्फ्राइस्ट्रक्चरले ठेक्का लिएको थियो । जसको कुल लागत साढे ५ अर्ब ५२ करोड ९४ लाख ४५ हजार रुपैयाँ रहेको आयोजनाले जनाएको छ । यहाँ कालीगण्डकी करिडोर सडक खुलेपछि धेरै सवारी आवागमन बढ्नुको साथै होटल व्यवसाय फस्टाएको छ । गाउँका तरकारी, फलफूल बिक्री भएका छन् । जसले गर्दा आर्थिक आम्दानी पनि बढेको छ । कालीगण्डकी करिडोरकै कारण यस क्षेत्रका  बाँदर लड्ने भिरपाखामा बस्ती बढेका छन्, सुनशान क्षेत्र गुल्जार बनेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update