Shittalpati
आगलागी पीडितलाई राहत लिएर इस्मा पुग्यो पाल्पा रानीमहल लायन्स 
आगलागी पीडितलाई राहत लिएर इस्मा पुग्यो पाल्पा रानीमहल लायन्स  सामाजिक सेवामा क्रियाशिल रहेको लायन्स क्लव अफ पाल्पा रानीमहलले गुल्मी इस्माका आगलागी पीडितका लागि राहत सामाग्री वितरण गरेको छ ।
पाल्पामा पनि शिक्षाका लागि विश्व कार्य सप्ताह सुरु
पाल्पामा पनि शिक्षाका लागि विश्व कार्य सप्ताह सुरु सबै बालबालिकाले समान र समतामूलक रुपमा शिक्षा पाउनुपर्ने आवाजसहित शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले देशभर शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह सुरु गरेको छ । विभिन्न कार्यक्रमसहित सोमबारदेखि कार्यसप्ताह सुरु भएको हो ।  
आफ्नै घरमा आगो लगाउने पक्राउ
आफ्नै घरमा आगो लगाउने पक्राउ मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाउनेलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका‐६ रजस्थलका ५९ वर्षीय रेखबहादुर परियार रहकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शङ्कर पोख्रेलले जानकारी दिए । 
आज विश्व पृथ्वी दिवस, विविध कार्यक्रम गरी मनाइँदै
आज विश्व पृथ्वी दिवस, विविध कार्यक्रम गरी मनाइँदै आज विश्व पृथ्वी दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अप्रिल २२ का दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाउने गरिन्छ ।
दललाई आयोगले माग्यो स्पष्टीकरण
दललाई आयोगले माग्यो स्पष्टीकरण निर्वाचन आयोगले विभिन्न राजनीतिक दललाई  स्पष्टीकरण सोधेको छ । आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने दलहरुलाई स्पष्टीकरण सोधेको हो । उसले प्रतिवेदन नबुझाउने दललाई कारणसहित सातदिनभित्र जवाफ दिन भनेको छ । साथै प्रतिवेदन बुझाएर सार्वजनिक नगर्ने दललाई सातदिनभित्र सार्वजनिक गरी जानकारी दिने निर्देश समेत गरेको छ ।
पाल्पाका दर्जन बढी ठाउँमा आगलागी, आगो निभाउन गएका दुुई जना घाइते
पाल्पाका दर्जन बढी ठाउँमा आगलागी, आगो निभाउन गएका दुुई जना घाइते पाल्पाका दर्जन बढी ठाउँमा आगलागी भएको छ । सुक्खा खडेरी बढेसँगै यहाँका वन र वन नजिकै रहेका वस्तीहरुमा आगलागी भएको हो । केही दिनयता जिल्लाका विभिन्न ठाउँहरुमा आगलागी भइरहेको छ । यहाँ आगलागीका कारण दर्जनौं घर, गोठ, पशुचौपाया जलेका छन् भने केही व्यक्तिहरु घाइते समेत भएका छन् ।
डढेलोले गुल्मीमा करोडौँको क्षति, ६७ भन्दा बढी घरगोठ जले
डढेलोले गुल्मीमा करोडौँको क्षति, ६७ भन्दा बढी घरगोठ जले गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करौडौंको क्षति भएको छ । सामुदायिक वन र निजी वनबाट सल्केको डढेलोले ६७ भन्दा बढी घर गोठ जलेका छन् । दर्जनौँ पशुचौपाया आगोले गोठमै जलेर मरेका छन् ।
आज महावीर जयन्ती
आज महावीर जयन्ती आज महावीर स्वामी जन्म जयन्ती देशभर मनाइँदै छ ।  हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको त्रयोदशी तिथिमा यो जयन्ती मनाइन्छ । महावीरले जैन धर्मको खोजसँगै यस धर्मका प्रमुख सिद्धान्तहरुको प्रतिपादन गरेका थिए ।
गुल्मीका विभिन्न ठाउँमा  भिषण आगलागी, नियन्त्रणको प्रयास जारी
गुल्मीका विभिन्न ठाउँमा  भिषण आगलागी, नियन्त्रणको प्रयास जारी गुल्मीका विभिन्न ठाउँमा शनिबार विहानदेखि भिषण आगलागी भइरहेको छ । जंगल नजिकै रहेका वस्तीमा भिषण आगलागी भइरहेको हो ।
युद्वमा अंग्रेजलाई हराएको खुसियालीमा मनाइयो विजय उत्सव
युद्वमा अंग्रेजलाई हराएको खुसियालीमा मनाइयो विजय उत्सव बुटवलको जितगढीमा नेपाल–अंग्रेज बीच भएको युद्वमा नेपालले विजय हासिल गरेको खुसियालीमा शुुक्रबार विजयी उत्सव मनाइएको छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही खुसियालीमा बुटवल उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी जितगढी विजयी उत्सव मनाएको हो ।
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको आगो निभाउने क्रममा आज जलेर मृत्यु भएको छ ।
लुम्बिनी र सुदूरपश्चिमको तराईका केही स्थानमा हुरीबतासको चेतावनी
लुम्बिनी र सुदूरपश्चिमको तराईका केही स्थानमा हुरीबतासको चेतावनी हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली भई बाँकी भागमा सामान्यतया मौसम सफा रहने बताएको छ ।
Weather Update