Shittalpati
बगनासकालीले गर्‍यो कर्मचारीलाई सम्मान
बगनासकालीले गर्‍यो कर्मचारीलाई सम्मान जिल्लाको बगनासकाली गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले सातौं गाउँसभामा उत्कृष्ट कार्यसम्पादन गर्ने सात जना कर्मचारी र एक जना उपभोक्ता समितिका अध्यक्षसहित ८ जनालाई एकै साथ सम्मान हो । सम्मानित कर्मचारीलाई सम्मान पत्र, दोसल्ला र नगद दश हजारले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । सम्मानित हुनेमा...
समाचार प्रभाव : विमलाले पाइन्  सहयोग
समाचार प्रभाव : विमलाले पाइन् सहयोग जिल्लाको रेसुङ्गा नगरपालिका १० सिमीचौरकी ३२ वर्षीया विमला कुँवरले सहयोग पाएकी छन् । जेठ ८ गते नवजनचेतना दैनिक, शित्तलपार्टी डटकम र विभिन्न सञ्चार माध्यमहरुमा विमलालाई पीडा माथि पीडा, न बास न गाँस शिर्षकको समाचार प्रकाशित भएपछि विमलाले सहयोग पाएकी हुन् । उनलाई तम्घास क्याम्पस रोड निवासी भेषराज रेग्मी परिवारले सहयोग...
पाल्पाको रम्भामा खोलाले बगाउँदा एक महिलाको मृत्यु
पाल्पाको रम्भामा खोलाले बगाउँदा एक महिलाको मृत्यु जिल्लाको रम्भा गाउँपालिका १ हुँगीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । आईतबार राती परेको अविरल वर्षका कारण एक्कासी बढेर आएको झिर्दी खोलाले बगाउँदा खोलाखेतकी ७० वर्षकी मनकुमारी सारुको मृत्यु भएको वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।
विमलालाई पीडा माथि पीडा, न बास न गाँस
विमलालाई पीडा माथि पीडा, न बास न गाँस जिल्लाको रेसुङ्गा नगरपालिका १० सिमीचौरकी ३२ वर्षीया विमला कुँवरले यति बेला पीडा माथि पीडा खेप्नु परेको छ । एक वर्ष अघि प्रशस्त धन कमाउला र आफ्नो परिवारलाई सुखसयलमा राखौं, छोराछोरीको पठन–पाठन र लालनपालन गरौला भनी सुनौलो सपना बोकेर विदेशिएका श्रीमान बेपत्ता हुँदा विमला अहिले पीडामा छिन् । परिवारको साहरा बनेका...
पाल्पाको रामपुरमा गोरु काटेर खाएको आरोपमा ३ जना पक्राउ
पाल्पाको रामपुरमा गोरु काटेर खाएको आरोपमा ३ जना पक्राउ जिल्लाको रामपुर १० वरभञ्ज्याङ्गबाट गोरु काटेर खाएको आरोपमा ३ जना पुरुष पक्राउ परेका छन् । सोही स्थानका वीरबहादुर सुनारको गोठमा बाँधेको गोरु काटेर खाएको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत जेठ ५ गते शुक्रबार राती साढे ११ बजे गोठमा बाँधेर राखेको गोरु नजिकैको सालघारीको जंगलमा लगेर काटेको आरोपमा...
बन्दाबन्दीका कारण प्रभावित बेथल स्कुलका विद्यार्थीलाई अनलाइनबाटै शिक्षण
बन्दाबन्दीका कारण प्रभावित बेथल स्कुलका विद्यार्थीलाई अनलाइनबाटै शिक्षण लामो समयदेखिको लकडाउनका कारण प्रभावित बनेका विद्यार्थीहरुलाई लक्षित गरी जिल्लाको निजी विद्यालय बेथल बोर्डिङ स्कुल तानसेनले अनलाइन कक्षा सञ्चालन गर्दै आएको छ । स्कुलले एसइई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुका लागि सुरु गरेको जुम अनलाइन शिक्षण क्रमशःकक्षा तीन देखी दशसम्म सञ्चालन गर्दै आएको हो । स्कुलले कक्षा पूर्व प्राथमिक तहदेखी कक्षा५...
पाल्पाका स्थानीय तहले वैकल्पिक तथा प्रविधि सहितको शिक्षालाई प्राथमिकता दिने
पाल्पाका स्थानीय तहले वैकल्पिक तथा प्रविधि सहितको शिक्षालाई प्राथमिकता दिने पाल्पाका स्थानीय तहका प्रमुखहरुले स्वास्थ्यसंगै वैकल्पिक तथा प्रविधि सहितको शिक्षालाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याउने तयारी गरेको बताएका छन् । विश्व महामारीको रुप लिएको कोरोना भाईरसका कारण स्वास्थ्य प्राथमिकतामा रहने र बालबालिकाको रोकिएका सिकाई सुचारु गर्नका लागि शिक्षामा पनि स्थानिय तहले ध्यान दिने बताएका हुन् ।
रामपुरमा पनि मनाइयो विश्व योग दिवस
रामपुरमा पनि मनाइयो विश्व योग दिवस अन्तर्राष्ट्रिय योग दिवस पाल्पामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘परिवारका साथ घरघरमा योग’ भन्ने नाराका साथ आईतबार छैठौं विश्व योग दिवस मनाइएको हो । लकडाउनका बिच भौतिक दुरीलाई ध्यानमा राख्दै जिल्लाको रामपुर ६ को विजयपुरमा योग अभ्यास सहित कार्यक्रम गरी दिवस मनाइएको छ ।
वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई आफन्तको न्यास्रो
वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई आफन्तको न्यास्रो धार्मिक र्तीथस्थल राम्दीमा रहेको वृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरु आफन्तको न्यास्रोमा दिन बिताउन विवश भएका छन् । गल्याङ नगरपालिका–१ राम्दीमा रहेको वृद्धाश्रममा बस्दै आएका उनीहरु कोरोना संक्रमणका कारण बन्दाबन्दी हुँदा लामो समयसम्म आफन्तसँग भेटघाट गर्न नपाउँदा नरमाइलो लागेको बताएका छन् ।
पाल्पाका ठाउँ–ठाउँमा पहिरो, घर भत्कियो, भैंसी पुरियो
पाल्पाका ठाउँ–ठाउँमा पहिरो, घर भत्कियो, भैंसी पुरियो शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँहरुमा पहिरो गएका छन् । पहिरोका कारण जिल्लाका अधिकांश ग्रामीण सकडहरु अवरुद्ध रहेका छन् भने, घर गोठमा क्षति पुगेको छ । निरन्तर वर्षाका कारण जिल्लामा एक घर भत्किएको छ भने भैंसीको पाडी पुरिएर मरेको छ ।
गुल्मीमा पहिरोले गाडी पुर्दा थप एकको मृत्यु, मृतक संख्या दुई पुग्यो
गुल्मीमा पहिरोले गाडी पुर्दा थप एकको मृत्यु, मृतक संख्या दुई पुग्यो जिल्लाको धुर्कोट गाउँपालिका वडा नं. ३ हाडहाडेमा पहिरोले गाडी पुर्दा २ जनाको मृत्यु भएको छ । १ जनाको अवस्था गम्भीर रहेको छ । देउराली यातायातको गाडी अर्घाखाँचीको मालारानी, हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको गाडी चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो ।
जवरजस्ती करणीको आरोपमा बाबु पक्राउ
जवरजस्ती करणीको आरोपमा बाबु पक्राउ जिल्लामा जवरजस्ती करणीको आरोपमा बाबु पक्राउ परेका छन् । ३१ वर्षीया अविवाहित छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा ५९ वर्षीय बाबु पक्राउ परेका हुन् । उनलाई आर्यभञ्ज्याङ्ग प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाको टोलीले शुक्रबार पक्राउ गरेको हो ।
Weather Update