Shittalpati
जवरजस्ती करणीको आरोपमा बाबु पक्राउ

पाल्पा । जिल्लामा जवरजस्ती करणीको आरोपमा बाबु पक्राउ परेका छन् । ३१ वर्षीया अविवाहित छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा ५९ वर्षीय बाबु पक्राउ परेका हुन् । उनलाई आर्यभञ्ज्याङ्ग प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाको टोलीले शुक्रबार पक्राउ गरेको हो । उनलाई जवरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अविवाहित छोरीलाई डर धम्की देखाई पटक–पटक जवरजस्ती करणी गर्दै आएको भन्ने दरखास्तको आधारमा प्रहरीले बाबुलाई पक्राउ गरेको हो ।

त्यस्तै जिल्लामा यौन दुव्र्यवहारको आरोपमा ७७ वर्षका एक वृद्ध पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा वृद्ध पक्राउ परेका हुन् । निज बालिकाको घरमा गई कोही नभएको मौका छोपी दुव्र्यवहार गरेको भन्ने जाहेरीका आधारमा ती वृद्धलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धाय गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update