Shittalpati
बन्दाबन्दीका कारण प्रभावित बेथल स्कुलका विद्यार्थीलाई अनलाइनबाटै शिक्षण

पाल्पा,लामो समयदेखिको लकडाउनका कारण प्रभावित बनेका विद्यार्थीहरुलाई लक्षित गरी जिल्लाको निजी विद्यालय बेथल बोर्डिङ स्कुल तानसेनले अनलाइन कक्षा सञ्चालन गर्दै आएको छ । स्कुलले एसइई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुका लागि सुरु गरेको जुम अनलाइन शिक्षण क्रमशःकक्षा तीन देखी दशसम्म सञ्चालन गर्दै आएको हो ।

स्कुलले कक्षा पूर्व प्राथमिक तहदेखी कक्षा५ सम्म अध्यनरत विद्यार्थीहरुलाई जिल्लामै पहिलो पटक नमुना सिकाइ योग्य कार्यको रुपमा पाठ्यक्रममा आधारित विद्यार्थीहरुलाई दैनिक पाँच विषयको पाठ्यक्रमलाई घरमै बसेर अध्ययन र गृहकार्य गर्न मिल्ने गरी तयार पारिएको कार्य पुस्तिका प्रदान गरेको छ ।

कोरोना महामारीको भयावह भन्दा अगाडि बहुसंख्यक विद्यालयहरुले कक्षा कोठा भन्दा बाहिर पनि अध्ययन अध्यापन गर्न गराउनु पर्ने, शिक्षकहरुलाई २१ औं शताब्दिका प्रविधिक सिपयुक्त शिक्षकको रुपमा तयार गर्ने, विद्यालयहरुको कक्षाकोठा प्रविधियुक्त र शिक्षक र विद्यार्थीहरुलाई प्रविधिमैत्री बनाउन र विद्यार्थीहरुलाई इमेल, म्यासेन्जर, भाइवर,ह्वाट्स एप जस्ता सामाजिक सञ्जालको प्रयोगबाट पनि गृहकार्य दिने र बुझाउने गर्न सकिन्छ भन्ने बारेमा नसोचिए र तयारी नगरिएको अवस्था थियो । विद्यार्थीहरुलाई कुनै पनि बाहनामा सिकाइबाट बञ्चित गरिनु हुँदैन भन्ने मर्मलाई आत्मसाथ गरी अनलाई शिक्षण सिकाई सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल खेमबहादुर सारु बताए ।


विद्यालयले प्रिन्सिपलको संयोजकत्वमा प्रन्टलाइन टास्कफोर्स गठन गरि शिक्षक कर्मचारी, विद्यार्थी, अभिभावकको वर्तमान अवस्थाको ट्रेसिङ गर्ने, शिक्षकहरुद्वारा अभिभावक वा विद्यार्थीहरुसंग इन्टरनेट, कम्प्युटर,स्मार्ट फोन, टि.भि.,रेडियो आदिको पहँुचको सर्वे गर्ने, विद्यार्थीहरुलाई पाठ्यपुस्तकको व्यवस्था गर्ने र शिक्षकहरुलाई अनलाइन शिक्षणको लागि न्यूनतम सिपहरु जस्तै कम्प्युटरमा वल्र्ड एक्सल, पावरपोइन्ट, जुम, गुगल मिट, टिम एप्सको प्रयोग गरि शिक्षण सामग्री निर्माण गरी अनलाइन शिक्षणको लागि पाठ योजना निर्माण गर्ने सम्वन्धमा विद्यालयका कम्प्युटर शिक्षक तथा सहायक प्रिन्सिपल महेन्द्रकुमार पोखरेलबाट अनलाइन तालिमहरु सञ्चालन गरिएको थियो । विद्यालयले कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका अभिभावकहरुको मोवाइलमा नेपाल दुरसञ्चारले विद्यार्थीहरुको पढाईलाई मध्यनजर गरी प्रदान गरेको ई शिक्षा प्याकेज खरिदको लागि पत्राचार समेत गरेको छ ।

इन्टेरनेट र डाटाको पहुँचहुने विद्याथीहरुको लागि विद्यालयले सञ्चालन गरको अनलाईन कक्षामा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको छ । विद्यार्थीहरुले घरमा रहेको मोबाइल, ल्याप्टपलाई सिकाइको लागि उच्चतम प्रयोग गरेका छन् । विद्यालयले दैनिक रुपमा सञ्चालन गर्ने करिब तीन घण्टाको कक्षामात्र नभई विद्यार्थीहरुले घरमै इन्टरनेटको माध्यमबाट नजानेको कुराहरु खोज्ने गरेको पनि पाइएको छ । विभिन्न विद्यार्थीहरुमा कक्षाकोठामा एक जना शिक्षक अगाडि उभिएर पढाउने मात्र शिक्षण हो भन्ने भ्रम हटेको छ । “विद्यालयले अनलाईन कक्षा सञ्चालन गर्नु पूर्व शिक्षण सिकाइ क्रियाकलापमा प्रविधिको अति न्युनतम प्रयोग गरेकी रहेछु, बल्ल अहिले थाहाभयो, अनलाईन कक्षा सञ्चालन हुनाले मैले प्राविधिक कुराहरु धेरै सिक्न पाँए,म अहिले सहजै पावर पोइन्ट प्रिजेन्टेसन निर्माण गर्ने र त्यसलाई जुमकक्षामार्फत स्कृन सेयर प्रयोग गरेर विद्यार्थीहरुमाझ कक्षाहरुमा प्रस्तुत हुने गरेको विद्यालयकी नेपाली शिक्षिका अम्विका रानाले भनिन् ।’

घरमा मोबाइल, टि.भि रमाइलो कुरामा मात्र समय व्यतित गर्ने हामी विद्यार्थीहरु अहिले अनलाईन कक्षा सञ्चालन भएपछि विद्यालयबाट कक्षा सञ्चालन हुने समयमा कक्षामा सहभागी हुने र अन्य समयमा गृहकार्य गर्ने, त्यस पश्चातहुने खाली समयमा मात्र अन्य क्रियाकलापमा सहभागी हुने गरेको कुरा कक्षा ६ मा अध्ययनरत छात्रा प्रसंसा पाठकले बताईन ।
विश्वब्यापी रुपमा फैलिरहेको कोभिड १९ को विषम परिस्थितिलाई मध्यनजर राख्दै स्कुलले बालबालिकाहरुको पठनपाठनलाई मध्यनजर गर्दै अनलाइन कक्षा सञ्चालन गर्नु आफैमा प्रशंसनिय रहेको अभिभावक मिना पचभैयाले बताईन ।

नियमित अनलाइन कक्षाको पहुँचमा नभएका विद्यार्थीहरुको लागि विभिन्न सोसल मिडिया मार्फत अध्ययन सामग्रीउ पलब्ध गराइरहेको, प्याब्सन, रिड नेपाल, शैक्षिक सामग्री केन्द्रद्वारा निर्माण गरिएको टि.भि. र रेडियो शिक्षणको लागि सहजिकरण गरिएको विद्यालयका एकाडेमिक इन्चार्ज प्रेमकुमारी थापाले बताईन् ।

 

प्रकाशित मिति: आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update