
रमेश विश्वकर्मा
गुल्मी । जिल्लाको धुर्कोट गाउँपालिका वडा नं. ३ हाडहाडेमा पहिरोले गाडी पुर्दा २ जनाको मृत्यु भएको छ । १ जनाको अवस्था गम्भीर रहेको छ । देउराली यातायातको गाडी अर्घाखाँचीको मालारानी, हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको गाडी चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो ।
६ जना सवार जिप पहिरोले पुर्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रहरी निरिक्षक पकंज चुदालीले जानकारी दिए । ज्यान गुमाउनेमा धुर्कोट ३ हाडहाडे मल्ज्याङका अन्दाजी १८ वर्षका तुल्सीराम काउछा,सोहि ठाउँकै गाडी चालक प्रदिप पुन रहेका छन् । पुनको उपचारका क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । रमेश राना भने गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि सन्धीखर्क लगिएको छ । ३ जनाको अवस्था सामान्य रहेको छ । केशव काउछा,खिम बहादुर काउछा र बिशाल काउछाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक चुदालीले बताए ।