पाल्पाको रम्भामा खोलाले बगाउँदा एक महिलाको मृत्यु

पाल्पा, जिल्लाको रम्भा गाउँपालिका १ हुँगीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । आईतबार राती परेको अविरल वर्षका कारण एक्कासी बढेर आएको झिर्दी खोलाले बगाउँदा खोलाखेतकी ७० वर्षकी मनकुमारी सारुको मृत्यु भएको वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।
सोमबार विहान पन्टार क्षेत्रको बजारमा किनमेल गर्न हिडेका दुई जना महिला मध्ये सारुलाई एक्कासी माथिबाट आएको खोलाले बगाएको थियो । निरन्तर परेको वर्षाका कारण पानीको वाफ एक्कासी बढेपछि ति महिलालाई बगाएको अध्यक्ष रेग्मीले बताए । उनलाई बगाई केही तल खोलाको किनारमा फालेको अवस्थामा स्थानीयले भेटाएका थिए । उनीसँग गएकी अर्की महिला भने सकुशल रहेकी छन् ।
प्रकाशित मिति: सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्