पाल्पाली पत्रकारले सिडियो समक्ष गरे यस्तो खुलासा
मंगलबार, चैत ३, २०७७
पेस्तोलसहित तीन जना पक्राउ
आइतबार, चैत १, २०७७
पक्राउ पर्नेमा सम्मरीमाई गा.पा.वडा न.७ बेतकुईया बस्ने सुरज हरिजन,सोही ठाउँका तौलन हरिजन र सकिल मुसलमान रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ । शनिबार पाल्पामा पनि अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ परेका थिए ।
गुल्मीमा हत्या अभियुक्त सार्वजनिक
आइतबार, चैत १, २०७७
अभियुक्त घर्तीले हत्या गरि विभिन्न बाहाना बनाई आफु उम्कीन खोज्ने गरेको र घटनालाई अन्यत्र मोडन खोजेको प्रहरीले जनाएको छ ।
पाल्पाको बगनासकालीमा अवैध भरूवा बन्दुक सहित एक जना पक्राउ
शनिबार, फागुन २९, २०७७
जिल्लाको बगनासकालीमा अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । बगनासकाली गाउँपालिका ४ महछापका २१ वर्षीय प्रेमबहादुर कनौजेलाई प्रहरीले अवैध भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।
एकिकृत पाठ्यक्रम सम्बन्धी शिक्षकलाई तालिम
शनिबार, फागुन २९, २०७७
तानसेनमा एकिकृत पाठ्यक्रम सम्बन्धी शिक्षकलाई तालिम दिइएको छ । पाल्पा शिक्षा तालिम केन्द्र रुपन्देही, लुम्बिनी प्रदेशको आयोजनामा पाल्पा र गुल्मीका आधारभूत तहका शिक्षकहरुका लागि टिपिडी एकिकृत पाठ्यक्रम सम्बन्धी तालिममा दिइएको हो ।
अधिकांश गाउँघर पुरुषविहीन बन्दै
शुक्रबार, फागुन २८, २०७७
अधिकांश ग्रामीण क्षेत्रका गाउँघर पुरुषविहीन बन्दै गएका छन् । अधिकांश पुरुष युवा रोजगारीका लागि विदेश जान थालेपछि गाउँमा युवा पुरुष भेटिन मुश्किल हुने गरेको हो ।
पाल्पाको छहरामा कोभिड अस्पताल, सदरमुकाम जाने बाध्यता टर्यो
बुधबार, फागुन २६, २०७७
पाल्पा, पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा कोभिड १९ अस्थायी अस्पताल स्थापना गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ मा रहेको छहरा स्वास्थ्य चौकीलाई पाँच शैयाको अस्थायी कोभिड–१९ अस्पतालको रुपमा विस्तार गरेर सञ्चालनमा ल्याएको हो ।
‘प्रहरी र नागरिकको सम्बन्ध सदृढ बनाउँछौं’
बुधबार, फागुन २६, २०७७
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक(एसपी) गोपलचन्द्र भट्टराईले प्रहरी र नागरिकहरु बीचको सम्बन्ध सुदृढ बनाएर जाने बताएका छन् ।केही दिन अघि सरुवा भएर गुल्मी आएका प्रहरी उपरिक्षक भट्टराईले पत्रकारसँग कुराकानी गर्दै जिल्लाको शान्ति सुरक्षा कायम गर्न नागरिक र प्रहरीको सम्बन्धलाई थप सुदृढ बनाएर लैजाने बताएका हुन् ।
तानसेन सरकारले दियो कन्यालाई दान !
बुधबार, फागुन २६, २०७७
जिल्लाको तानसेन नगरपालिकाले पश्चिम क्षेत्रकै एक मात्र सामुदायिक कन्या स्कुल मोहन कन्या माध्यमिक विद्यालयका कन्या (छात्रा) हरुलाई सुत्नका लागि आवश्यक सामग्री सहयोग (दान) गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला
मंगलबार, फागुन २५, २०७७
चितवन राष्ट्रिय निकुञ्जको अमलटारीक्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा मृतावस्थामा फेला परेको छ । निकुञ्जको शहरी क्षेत्रमा पर्ने नारायणी नदीको कलकत्ता टापुमा करीब ३० वर्षीय भाले गैँडा मृत फेला परेको हो ।
एसइई परीक्षा जेठ १३ गतेदेखि हुने
मंगलबार, फागुन २५, २०७७
२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । आगामी एसइई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ ।
महिला श्रमिकले थाहा नपाएको ‘नारी दिवस’
मंगलबार, फागुन २५, २०७७
तानसेनको बजारमा भारी बोकेर दैनिकी चलाउँदै आएकी बगनासकाली गाउँपालिका २ घोरबण्डाकी ३१ वर्षकी पार्वती कुमाल सधैँ जस्तै सोमबार पनि हातमा नाम्लो लिएर काम गर्न निस्किन् । कुमाल तानसेनका किराना पसलहरुमा भारी बोक्ने काम गर्छिन् । एनजेडीले उनलाई आज त अन्तर्राष्ट्रिय नारी (श्रमिक महिला) दिवस तपाईले मनाउनुभएन ? भन्ने प्रश्न गर्दा...
इस्मा गाउँसरकारले पनि मनायो अन्तर्राष्ट्रिय नारी दिवस
सोमबार, फागुन २४, २०७७
जिल्लाको इस्मा गाउँपालिकाले पनि सोमबार अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । ‘महिलाको सुरक्षा,सम्मान र रोजगार : समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ गाउँसरकारले विभिन्न कार्यक्रमहरुको आयोजना गरी १११ औं अन्तर्राष्ट्रिय नारी दिवस दिवस मनाएको हो ।

