
गुल्मी, प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल रेसुङ्गा बहुमुखी एकाइ समिति गुल्मीको सभापतिमा मुकुन्दप्रसाद भण्डारी निर्वाचित भएका छन् । संघको पाँचौ साधारण सभा तथा अधिवेशनबाट भण्डारी सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
भण्डारी संघको कोषाध्यक्ष, सचिव, उपसभापति हुँदै अहिले सभापतिमा निर्वाचित भएको निर्वाचन अधिकृत कृष्णप्रसाद खनालले जानकारी दिए । उपसभापतिमा लक्ष्मणप्रसाद रिजाल निर्वाचित भएका छन् । यस अघि रिजाल सदस्य थिए । सचिवमा खिमानन्द भण्डारी निर्वाचित भएका छन् । भण्डारी सचिवमा पुनः दोहोरिएका हुन् । कोषाध्यक्षमा निमल बञ्जाडे थापा निर्वाचित भएकी छिन् । थापा पनि पुनः कोषाध्यक्षमा दोहोरिएकी हुन् । सदस्यहरुमा शिवलाल खनाल, सूर्य उपाध्याय र मनबहादुर खत्री निर्वाचित भएका छन् । अधिवेशनले केन्द्रीय प्रतिनिधिमा नवनिर्वाचित सभापति मुकुन्दप्रसाद भण्डारी, लक्ष्मणप्रसाद रिजाल, खिमानन्द भण्डारी र शिवलाल खनाल चयन गरेको छ । यस संघमा क्याम्पसका २० जना प्रध्यापक आवद्ध छन् ।
अधिवेशनको सम्बोधन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति खिलध्जव पन्थीले प्राध्यापक संघ काँग्रेसको बौद्धिक सम्पत्तिको रुपमा रहेको बताए । उनले प्रध्यापकका माध्यमबाट नै काँग्रेसलाई सुदृढ र बलियो काँग्रेस र अहिलेको सबल काँग्रेस बनाउन सकिने बताए । कार्यक्रममा क्याम्पस प्रमुख हरि बहादुर खत्री, सहायक क्याम्पस प्रमुख गुणानिधि शर्मा, पूर्व क्याम्पस प्रमुख ढुण्डरिाज पोखरेल लगायतले शुभकामना दिएका थिए ।