
पाल्पा,जिल्लाको माथागढी गाउँपालिकाका शिक्षकहरुलाई प्रविधि प्रयोग सम्बन्धी प्रशिक्षण दिइएको छ । गाउँपालिकाले वडा नं १, २ र ३ भित्रका शिक्षकहरुलाई तीन दिने प्रविधि प्रयोग सम्बन्धी कार्यशालामार्फत प्रशिक्षण दिएको हो ।
तीन दिनसम्म सञ्चालन भएको कार्यशालाको एक औपचारिक कार्यक्रमका बिच समापन गरिएको छ । कार्यशालाको गाउँपालिकाका शिक्षा शाखा प्रमुख गजेन्द्र पन्थीले समापन गरेका हुन् । कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि समेत रहेका पन्थीले शिक्षालाई प्रविधिसँग जोडेर लैजान प्रविधिको प्रयोग सम्बन्धी कार्यशालाले महत्वपूर्ण टेवा पुग्ने बताए । अहिलेको आवश्यकता प्रविधिसहितको शिक्षा भएकाले शिक्षकहरुलाई प्रविधिसँग जोड्न गाउँपालिकाले कार्यशाला गोष्ठी आयोजना गरेको शिक्षा शाखा प्रमुख पन्थीले बताए । उनले भने‘विद्यालयमा प्रविधिसहितको शिक्षा प्रदान गर्न पहिले शिक्षकलाई प्रविधि सम्बन्धी जानकारी हुनु अपरिहार्य छ । शिक्षकलाई प्रविधिसँग जोड्न सक्यौ भने मात्र विद्यार्थीलाई प्रविधि सम्बन्धी शिक्षा दिन सकिन्छ ।’
कार्यक्रममा प्रशिक्षक माधव घिमिरे र राजन अधिकारीले प्रशिक्षण दिएका थिए । प्रशिक्षण दिर्दै प्रशिक्षक माधव घिमिरेले प्रविधिको प्रयोगलाई हरेक विद्यालयमा पु¥याउने उद्देश्यले गाउँपालिकाले सञ्चालन गरेको यो कार्यक्रम समय सान्दर्भिक रहेको बताए । शिक्षण सिकाइमा प्रविधिको प्रयोगलाई हरेक विद्ययालयले आत्मसात गर्दै जानुपर्नेमा उनले जोड दिए । कार्यक्रममा शिक्षक दानुराज श्रेष्ठ, शोभा कोइरालाले कार्यक्रममा सिकेका कुराहरुलाई शिक्षण सिकाईमा प्रयोग गर्ने बताए । कार्यक्रम दिव्य ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद अधिकारीको अध्यक्षता र राजन अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।